• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
भर्खरै

फेरि लाग्यो मनाङ जंगलमा आगो

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021
Bishwokarma5

हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।

भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त

Real Shoes 1

टोलीले आगो निभाउने गरिरहेको छ ।

“हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ”, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो । उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोपसमेत लगाउनुभयो ।

मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ ।

“जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ”, अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भन्नुभयो । उहाँले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताउनुभयो ।

यसभन्दा अघि पनि दुई पटकसम्म मनाङको विभिन्न जङ्गलमा आगलागी भएको थियो । आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । कसले र किन पटक-पटक मनाङका जङ्गलमा आगो लगाएको हो भन्नेबारे अन्योल भएको छ । यसरी बाराम्बार यस्ता गतिविधि दोहोरिरहँदा हिमाली जडीबुटी र लोपोन्मुख जनावरको विनाश भएको स्थानीयवासीको भनाइ छ ।रासस

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
जापानद्वारा थप खोप आपूर्तिको लागि ‘फाइजर’सँग आग्रह

जापानी प्रधानमन्त्री योशिहिदे सुगा अमेरिका भम्रण पूरा गरी जापान फर्किएका छन् । चार दिने अमेरिका भ्रमण सम्पन्न गरी आइतबार मध्याहन्न उनी स्वदेश फर्किएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको भेटका क्रममा उनीहरुले आशियान देशहरुसँग सहकार्य

  • ३१ मिनेट अघि
हिपत खबर
भर्खरै
रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित

पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् ।

रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र

  • ५७ मिनेट अघि
हिपत खबर
भर्खरै
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ ।

कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक

  • १ hour अघि
हिपत खबर
भर्खरै
भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।

त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा

  • १ hour अघि
हिपत खबर
भर्खरै
आइपीएलमा पञ्जाब विरुद्धको खेलमा दिल्लीको जित

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदै

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १स्१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन २ लाख ७५ हजार बढी कोरोना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम

  • २ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान

  • १३ घन्टा अघि