• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख १०, २०७८ | Friday 23rd April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
भर्खरै

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021
yoho2

कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवर्धनका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको बाँकी लगानीमा पदमार्ग बनाउन लागिएको हो ।

साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम गर्ने आयोजनामा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष

Real Shoes 1

टीकाराम गुरुङले बताउनुभयो । रु तीन करोड ५० लाख संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलय र रु एक करोड ३० लाख गाउँपालिकाले लगानी गर्नुपर्ने अध्यक्ष गुरुङले बताउनुभयो । तीन वर्षसम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिकाअनुसार प्रक्रिया अगाडि बढाउने अध्यक्ष गुरुङले बताउनुभयो ।

यस आर्थिक वर्षमा प्रारभिक सर्भे गरी पदमार्ग निर्माण प्रक्रिया शुरु हुने छ । उहाँले भन्नुभयो, “नयाँ पदमार्गदेखि हिमाल हेर्दै प्रकृतिक सुन्दरताको अवलोकन गर्दै कञ्चनजङ्घा बेश क्याम्पसम्म पुग्न सकिने छ ।” पुरानो पदमार्ग काबेली खोलाको किनारैकिनार हुँदै आधारशिविर पुग्नुपर्दछ । केही स्थानमा पहिरोका कारणले स्थानीय नै हिँड्न नसक्ने अवस्था रहेको छ । पुरानो पदमार्गमा आवश्यक स्थानमा होटल नभएको र नयाँमा आवश्यक स्थानमा होटल स्थापना गरिने छ । होमस्टे सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम ८ वडा नम्बर वडाको याम्फुदिनदेखि शुरु हुनेछ । आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कन्चनजङ्गा आधारशिविर जाने साहसिक पदमार्ग बन्ने छ । नयाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गर्नसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । यो आयोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी सिरिजङ्घावासीको जीवनस्तर उकास्न कोशेढुङ्गा सावित हुनसक्ने अधिकृत घिमिरेले बताउनुभयो ।

कञ्चनजङ्घा क्षेत्रभित्र संरचना निर्माण गर्नु अगाडि संरक्षण क्षेत्रको स्वीकृति लिनुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षणको आफ्नै निकाय हुन्छ । त्यसैअनुसार संरक्षण क्षेत्रले योजना बनाएर काम गर्दछ ।” स्थानीय सरकारले संरक्षण क्षेत्रमा बिना अनुमति काम गर्न नपाउने परिषद् अध्यक्ष फेम्बुले बताउनुभयो । संरक्षण क्षेत्रमा विकास निर्माण गर्न वातावरणीय प्रभावको विषयमा अवलोकन गरेर मात्र विकास निर्माणको अनुमति दिन सकिने परिषद् अध्यक्ष फेम्बुले बताउनुभयो । रासस

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पीसीआर पोजेटिभ भएकाहरूले नेगेटिभ रिपोर्ट बनाउँदै धमाधम उडान

पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
व्यापक विरोधपछि पुलमा लगाइएको कर हटाइयो

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश

काठमाडौं ।  प्रसिद्ध उद्योगी व्यवसायी  एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली कस्मेटीक बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति ४० लाख धरौटीमा छुटे

 काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं छोड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भिड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
कोभिड विरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारको टिकटमा २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
भरुवा बन्दुकसहित एक पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हटाइने

काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ८ घन्टा अघि