काठमाडौं । साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यताको रक्षा र पुनरुत्थान गर्दै पठन संस्कृतिको विकासका लागि आगामी फागुन १९ देखि फागुन २२ गतेसम्म मिथिला नगरी जनकपुरमा ‘फोन पे जनकपुर साहित्य महोत्सव’ हुने भएको छ ।
स्रष्टा नव मिथिला फाउन्डेसन प्रमुख आयोजक, बुकहिल पब्लिकेसन र सानो पाइला सह–आयोजक रहेको महोत्सवको यो दोस्रो संस्करण हो । महोत्सवमा १५ सत्रमा ४५ जना वक्ताहरूले साहित्य, संगीत, सिनेमा, संस्कृति र सभ्यतालगायतका विषयमा बहस गर्नेछन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले
जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्ने बताए । ‘जनक, जानकी, याग्यवल्क्य र विधापतिको शहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवद्र्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ’, उनले भने ।
महोत्सवका निर्देशक सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य–पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य–मान्यता र नैतिकता हराउँदै गईरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ’, उनले भने ।
महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने जनाए ।
मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले डिजिटल दुनियामा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको बताए । महोत्सवमा भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता हुनेछ ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई आइतवबार मनकामनाको दर्शन गराएको छ । वडामा बसोबास गर्दै आएका १ सय ८० जना जेष्ठ नागरिकलाई मनकामनाको दर्शन गराएको वडा कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
‘साविकका
एजेन्सी । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ
काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।
कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।
काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।
सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले
काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।
शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।
शिक्षा मन्त्रालयको विद्यालय शिक्षा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।
आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि
साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।
गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक