अभिषेक श्रेष्ठ । राजनीति पारदर्शी हुन्छ , राजनीति निष्पक्ष हुन्छ र राजनीति पवित्र पनि हुन्छ। तर, नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकीर्तनको रछ्यान बनाइयो। यस अवस्थामा सम्पूर्ण राजनीतिक दलले नैतिक रूपमा जिम्मेवारी लिएर देशलाई निकास दिनुपर्ने हो। तर, त्यो कसैबाट सम्भव हुन सकेको छैन्। विभक्त भएका राजनीतिक दल र सरकारलाई राम्रो खालको संयोजन गर्ने मान्छेको अभाव देखिएको छ। केही इमानदार राजनीतिककर्मीहरू पनि छन् तर ती मुकदर्शक भएर बाँचिराखेका छन्
वा बस्न वाध्य छन्। वर्तमान स्थितिमा वाद, विचार र सिद्धान्तलाई खोलामा मिल्काइएको छ । राजनीति भनेको समाज सेवा हो र राजनीति भनेको जनता को सेवा को भावनात्मक कार्य र देश र आफ्नो ठाउँ बिकास को लागि राजनीति गर्ने पर्छ तर दुर्भाग्य अहिले को बर्तमान अवस्थामा राजनिति ले अर्को धार समाएको छ ।
- कुर्सि, पद र सत्ताको लागि र आफ्नो कार्यकर्ता को लागि राजनीति गरेको महसुस गरेको छु । अबस्य पार्टी को लागि पनि राजनिति गर्नै पर्छ तर निस्वार्थ भावले । राजनीतिमा मूल्यमान्यता को कमि देखिएको छ । पार्टी भित्र पनि मूल्यांकन अर्थमा मा बिकेको छ । धुलो बाट आएका भन्दा घरबाट आएका,परिवारवादबाट आएका अवसरवादीहरु हाबि भएका छन्, जस्को कारण पार्टीमा बिचार र राजनीति धारायसय हुदै छ।
युवाको मौनता देशका लागि घातक हुन्छ
यति हुँदा हुँदै पनि राजनीति बाट मात्र परिवर्तन सम्भव भएकाले अहिले को वर्तमान अवस्थालाई मध्यनजर गर्दा युवा हरु ले सहि सिद्धान्त र बिचार वादी भएर राजनीति अगाल्न जरुरी छ तर कस्तो राजनीति गर्ने आफु मा निर्भर गर्दछ।
आज नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारले संसद बिघटन गरेको छ । यो एक प्रकारको कु हो र सरकारले संसद विघटन गरी अलोकतान्त्रिक कदम चालेको छ । संसद विघटन गर्ने सरकारको गैरसंवैधानिक कदमले तानाशाहा हिटलर को सम्झना दिलाएको छ । केपी ओलीको जिद्धि स्वभावले आज देशलाई अस्थिरता तर्फ धकेलेको छ।
यस्तो अवस्थामा तमाम युवा साथी, दाजुभाई, दिदीबहिनीहरुमा म आग्रह गर्न चाहान्छु , घर भित्र गुम्सिएर होइन , आफूमा राजनीतिक विचार लिएर सही विचार बोकेको पार्टीलाई चिन्न र पार्टीमा प्रवेश गरी नेतृत्वमा आउन जरुरी छ । नेकपालाई जनताले विश्वास गरी झण्डै झण्डै दुईतिहाई बहुमत दिएका थिए तर निर्वाचित भएको तीन वर्ष पनि पुग्न नपाउँदै प्रधानमन्त्री ओलीले संसद विघटन गरि सरकार चलाउन नसकेको सन्देश दिए । यस्तो अवस्थामा देशलाई माया गर्ने सम्पूर्ण युवाशक्तिहरुले हस्तक्षेप भुमिका खेली राजनीति समस्यालाई निकास दिएर देशलाई अघि बढाउनु पर्ने दायित्व आएको छ ।
युवा जागौं
जययुवा
जय स्वाभिमान
जय नेपाल
जय तरुण
-लेखक अभिषेक श्रेष्ठ सामाज सेवाको क्षेत्रमा क्रियाशिल संस्था सदभाव नेपाल अध्यक्ष एवम् नेपाल तरुण दल चन्दागिरि नगर प्रचार प्रसार विभाग प्रमुख युवा सजकता अभियान चन्द्रागिरी नगर संयोजक र कुशल ब्यबसायि पनि हुन् । देशको वर्तमान अवस्थालाई मूल्याकंन गर्दा श्रेष्ठलाई लागेको बिचार हो । र यो लेख उनको नीजि विचार पनि हो ।
पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ
सरकार, यो लकडाउनमा मलाई भाइरसले भन्दा भोकले मर्ने डर छ।
एनसेलको लोन लिएर कामको पैसा माग्न ठेकेदारलाई फोन गर्दा लकडाउन छ भन्छ।
पुलिसको डण्डाले ढाँड सेकाएर रासन लिन जाँदा साहुले अब महँगी लाग्यो उधारो हुँदैन
राजु नेपाल
आर्थिक वर्ष २०७६-०७७ को बजेट आयो, बैंक मर्जरको हल्ला ल्यायो। मौद्रिक नीतिमा के आउला भनेर बैंकिङ क्षेत्रले कुर्यो। अहिले मौद्रिक नीति पनि आइसकेको छ।
अब छलफल र निश्कर्ष निकाल्ने बेला भयो-के मौद्रिक नीतिले बैंक
प्रकाश धौलाकोटी
तेह्रथुम–हिउँदयाम शुरु भएसँगै किसानलाई बालीनाली थन्काउन र हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले धान, अलैँची, अम्लिसोलगायत बाली उठाउँदैछन् भने मकै छर्ने,
त्रिविक्रम कुँवर
भोलि असोज ३ गते संविधान नामको धान दिवस मनाईदैछ तर एकताका कोरिया चामल निर्यात गर्ने कृषि प्रधान देश नेपाल प्रजातन्त्र आए देखि लोकतन्त्र आईपुग्दा सम्म चामल बंगलादेशबाट आयात गर्ने अवस्थामा पुगेकोछ तर
भूमिराज पिठातोली
प्रिया, चारैतिर तीजको लहर चलेको छ। यसै तीजमा तिमी पनि अनेक सपना बोकेर उपवास बस्ने निधो गरिरहेकी छौ हौली। विशेष गरी मेरो आयु लामो हुने र हाम्रो जीवन खूशी हुने सपना
भूमिराज पिठातोली
काठमाडौं। नेपालमा सबैभन्दा सस्तो र लोभलाग्दो कुरा भनेको ‘भाषण’ होला। त्यसपछिका सस्ता भनेका जनता हुन्। ‘भाषण’ जता, जे, जसरी गरेपनि हुन्छ, त्यस्तै जनतालाई जता, जसरी चलाए पनि भयो। आखिर सस्तै छन्। सन् १९८१ मा
गत वर्ष डोटी जिल्लाको एक गाउँमा एक जना समलिङ्गी पुरुषलाई स्थानीय २ जना महिलाले जवरजस्ती करणी नै गरे । ती पुरुषलाई सर्वाङ्ग नाङ्गो पारेर यातनाका दिदै दुव्र्यवहार
रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पा कर्णाली प्रदेशमा पर्ने एक बिकट अनि पिछडिएको जिल्ला हो। डोल्पालाई कर्णालीको कर्णाली भन्दा पनि खासै फरक नपर्ला। भौगोलिक हिसाबमा नेपालकै ठूलो जिल्ला हो डोल्पा तर नझुक्किनु होला
वीनकिशोर गैह्रे
केही पहिले “स्मार्ट कार्ड” को माध्यमबाट भाडा भुक्तानी गर्ने प्रणाली ल्याएको साझा यातायातले यात्रुहरुलाई आप्mना बस कहाँ पुगे भनेर थाहा दिने मोबाइल एप्लिकेशन हालसालै सार्वजनिक गरेको छ । यस्ले यात्रुहरुलाई साझा बस