काठमाडौं । लोकप्रिय गायक तथा सर्जक सन्तु थापाको पञ्चेबाजा गीत लाहुरेदाईलाई दर्शकमाझ आएको छ । गायक थापाले आफ्नै यूट्युब च्यानल सन्तु थापा बाट गीत सार्वजनिक गरेका छन् । गीतमा थापाको साथै लोकप्रिय गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको शब्द रचना अनिल दवाडीले गरेका हुन् भने गीतमा संगीत खेम सेञ्चुरीले दिएका छन् ।
भिडियोमा निर्देशन् गायक थापा स्वयमले गरेका छन् ।
यूउट्युवमा गीत सार्वजनिक भएपछि गीतलाई धेरैले दशर्कले मन पराएका
छन् । गीत अपलोड भएको करिब चार दिनमा नै ८५ हजार बढीले हेरेका छन् । गीतका विषयमा गायक थापाले यो गीत नेपाली नेपाली मौलिक लोकसंगीतको संरक्षण गर्न र विश्वसामु चिनाउन गीतका साथै भिडियो निर्माण गरेको बताए ।
थापाले छिट्टै अन्य दुई गीत पनि दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिए । सालैजो, आधुनिक गित, सोरठी गीत, कौराहा गीत, लोकपप, पञ्चेबाजा, तीज गीत, लोकदोहारी लगायतका थुप्रै विधामा स्वर दिएका थापाका यस अघि दर्जनौं गीत चर्चामा आएका थिए । लोकसंगीतका विभिन्न विधामा स्वर दिएका थापा भर्सटाईल गायकको रुपमा परिचित छन् । गुल्मीको तम्घासमा जन्मिएका थापा सानै देखि गीत गाउन मन पराउथे । सानै देखि लोकसंगीतमा रुची राख्ने थापा बिक्रम सम्वत २ हजार ६५ साल देखि व्यवसायीक रुपमा यो क्षेत्रमा आएका थिए । यो क्षेत्रमा लाग्दा सुरुका दिनमा निकै संघर्ष गर्नु परेको थापाको अनुभव छ । दर्शकस्रोताको मायाले विगतका दुख पिडा पनि भुल्दै गएको थापा बताउँछन् ।
नेपाली मौलिक लोकसंगीतमा महत्वपूर्ण योगदान दिएकै कारण थापालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको छ । स्टेज कार्यक्रमका दौरान थापा देशका विभिन्न जिल्ला पुगेका छन् भने विदेशमा यूके,अष्ट्रिलिया, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्पेन, इटली, चेकरिपब्लिक, लग्जम्बर, पोल्याण्ड, मलेसिया, दुवई, इन्डिया लगायतका देशमा पुगेर आफ्नो प्रस्तुति दिएका छन् ।
(गीतको भिडियो )
लसएन्जल्स, एजेन्सी । विश्वप्रसिद्ध हलिउड गायिका लेडी गागाले आफ्नो एक आलिशान घर भाडामा लगाउने भएकी छन् । उनले न्यूयोर्कमा रहेको आफ्नो पुरानो घरलाई भाडामा लगाउन लागेकी हुन् ।
विभिन्न अन्र्तराष्ट्रिय समाचार अनुसार गागाले यो घर निकै
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।
यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक
मुम्बई, एजेन्सी । बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।
अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो
लसएन्जल्स । हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा जानकारी दिएकी छन् ।
नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक
काठमाडौं । पछिल्लो समय मौलिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक सन्तु थापाले दर्शक स्रोतका लागि नयां कोशेली लिएर आएका छन् ।
थापाले मौलिक लोकगीत कौरा सुपारी काँचो बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका
लसएन्जल्स । हलिउडको प्रख्यात फिल्म सिरिजमा ‘ह्यारी पोर्टर’ को नाम सधैं आउने गर्दछ । यो सिरिजको सारा विश्वभरी फ्यान छन् । सिरिजमा हरमायोनी ग्रैञ्जरको भूमिका निभाएर दर्शकमाझ रुचाइएकी अभिनेत्री एमी वाटसनले अभिनय छोड्ने निर्णय लिएकी छन्
गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका
प्याट्रिक बामफोर्डले गरेको सिजनको १३औं व्यक्तिगत गोलमा लिड्स युनाइटेडले मंगलबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई ३–० ले हराएको छ । लगातार दुई खेलमा हारपछि लिड्सले यो प्रभावशाली जित निकालेको हो ।
साउथह्याम्पटन पनि खराब लयमा छ । उसले पछिल्ला आठ
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।
रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।
टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकी रुबिनाका छोटी बहू, शक्तिसहितका सिरयल
रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्।
रुबिना यसअघि टिभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्।
रुबिनासँगै राहुल वैद्य बिग बोसको