शुक्रबार, साउन २३, २०७७ | Friday 7th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास
भर्खरै

काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

  • sidhadrishti शुक्रबार, साउन १६, २०७७ | July 31, 2020

धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा अब पास नदिने जनाइएको छ । काठमाडौं प्रवेश गर्ने देशका विभिन्न स्थानका यात्रुहरूको परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको भन्दै पास बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।

आन्तरिक रूपमा सार्वजनिक सवारी साधन सञ्चालनमा पनि आएकोले काठमाडौं उपत्यका

र अन्तरजिल्लाको आवतजावतमा पास नदिने प्रशासकीय अधिकृत पण्डितले जनाएका छन् । ‘कार्यालयबाट जारी हुने पास हाललाई बन्द गरिएको सर्वसधारणमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

धादिङ कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । बागमती प्रदेशभर सबैभन्दा बढी संक्रमित देखिएको सूचीको दोस्रो स्थानमा धादिङ पर्छ । बिहीबारसम्म यहाँको संक्रमित संख्या १ सय ४१ पुगिसकेको छ । बिहीबार मात्रै धादिङका थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ३ महिना अघि