बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध
भर्खरै

धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

  • sidhadrishti शुक्रबार, बैशाख २६, २०७७ | May 8, 2020

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाइ गर्दै सवारी सञ्चालनमा पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ सङ्क्रमक रोग रोक एन २०२० दफा ३ बमोजिम कारवाही गरिने निर्णय

गरिएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार किसानलाई सिजनअनुसार बाली लगाउन दिने, सरकारले खुला गरेको सबै उद्योगमा काम गर्ने मजदूरको ज्वरो तथा स्वास्थ्य परीक्षण गर्ने र श्रमिक कार्यस्थलमै रहने व्यवस्था मिलउनुपर्ने भएको छ ।

खाद्यान्न औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गर्ने र ग्यासलगायतका सामग्रीको सहज आपूर्ति गर्न उद्योगी व्यवसायीलाई निर्देशनसमेत बैठकले दिएको सङ्कट व्यवस्थापन केन्द्रका सदस्यसचिव डा भुवन पैडेलले बताए । रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत

  • २ महिना अघि
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ५ महिना अघि