बिहिबार, असार २५, २०७७ | Thursday 9th July 2020
जोडिनुहोस
भर्खरै

ढुंगा लागेर बालिकाको मृत्यु

  • sidhadrishti बिहिबार, बैशाख २५, २०७७ | May 7, 2020

कुलो सफा गर्ने क्रममा फालिएको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गजुरी गाउँपालिका–३ सानो भन्ज्याङ (काउसे) बस्ने मधु प्रजाकी ७ वर्षीया छोरी निशा प्रजा रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार काउसेमा सिञ्चाई कुलो मर्मत गरेको स्थानभन्दा केही तल खोलानजिकै मृतक निशा प्रजासहित ४ जना बालबालिका खेलिरहेका थिए । सोही क्रममा स्थानीय गुमानध्वज बरुवालले कुलो सफा गर्ने क्रममा कुलोमा राखेको ढुंगा फाल्दा सो ढुगांले टाउकोमा लागेर ७

वर्षीया बालिका निशा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लैजाने तयारी गर्न नपभ्याउँदै घटनास्थलमै बालिकाको मृत्यु भएको बताइएको छ ।

घटनालगत्तै ५९ वर्षीय गुमानध्वज बरुवाललाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि