नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ ।
बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक
लगाउने निर्णय गरेको छ ।
आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।
नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।
उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् ।
दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् ।
सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए । रासस
लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो
एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि
कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।
बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ
विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।
यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक
राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।
गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी