शुक्रबार, असार १९, २०७७ | Friday 3rd July 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १ हजार भन्दा बढी प्रहरी नियन्त्रणमा
भर्खरै

उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १ हजार भन्दा बढी प्रहरी नियन्त्रणमा

  • sidhadrishti मङ्लबार, बैशाख १६, २०७७ | April 28, 2020

प्रहरीले उपत्यकामा लकडाउनमा थप कडाई गर्न थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि लकडाउन लागू गरिएपनि उल्लंघन गर्ने क्रम बढेपछि प्रहरीले थप कडाई गर्न थालेको हो ।

मंगलबार बिहान मात्रै उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिमध्ये ८ सय ३१ पुरुष र २ सय ८० महिला रहेका छन । प्रहरीले सवारी पास नलिइ कुदाइएका ९८ वटा सवारीसाधन सहित मानिस पनि नियन्त्रणमा लिएको जनाएको छ

नियन्त्रणमा लिइएकालाई तीन घण्टासम्म राखेर प्रहरीले घर पठाउने गरेको छ । अत्यआवश्यक सवारी बाहेक काठमाडौं भित्रिन पनि रोक लगाइएको छ ।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको थियो ।

सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन आज ३६ औं दिनमा पुगेको छ । पछिल्लो पटक लकडाउन बैशाख २५ गतेसम्मका लागि थप गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि