विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।
‘म्यासेन्जर रुम’ नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ ।
बताइएअनुसार म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन
। असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । एएनआईले जनाएअनुसार सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ ।
भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले कोको भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ ।
फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ ।
फेसबुकको यो नयाँ सेवा ‘म्यासेन्जर रुम’ केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ ।
धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत
अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।
उनी आफ्नै कोठाको दराजको कपडा
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड
कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट
नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ ।