बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने
अन्तराष्ट्रिय

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

  • sidhadrishti शुक्रबार, बैशाख १२, २०७७ | April 24, 2020

बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ ।

बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ । दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिएअनुसार ती विमानहरु यही अप्रिल २८

मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५०० जना नागरिकलाई स्वदेश फर्काइसकेको छ । ती मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ ।

अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ५ महिना अघि