मङ्लबार, असार २३, २०७७ | Tuesday 7th July 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • चीनमा कोरोना उपचारका लागि बनेको सबैभन्दा ठूलो अस्पताल बन्द
अन्तराष्ट्रिय

चीनमा कोरोना उपचारका लागि बनेको सबैभन्दा ठूलो अस्पताल बन्द

  • sidhadrishti बुधबार, बैशाख ३, २०७७ | April 15, 2020

चीन- कोरोना भाइरसको संकटबाट बाहिर निस्कदै गरेको चीनको वुहानमा बनाइएको सबैभन्दा ठूलो अस्थाई अस्पताल बन्द गरेको छ ।

गत फेब्रुअरीदेखि कोरोना भाइरसको संक्रमण रोकिएपछि बुधबारबान अस्थायी अस्पताल बन्द गरिएको हो । सो अस्पतालमा तैनाथ गरिएका हजारौं चिकित्साकर्मीको अन्तिम समूह बिदा भएको छ ।

कोरोना भाइरसको संक्रमणको सुरुआतमा महामारीको केन्द्र बनेको वुहान सहरमा रोगीको उपचारका लागि अस्पताल बनाइएको थियो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा अस्पताल निर्माण गरिएको थियो ।

वुहानमा कोभिड–१९ का रोगीको उपचारका

लागि १० दिनमा १ हजार भन्दा बढी शैय्या क्षमताका दुई अस्पताल बनाइएको थियो ।
यो अस्पताल ती दुईमध्ये एक हो । यी दुई अस्पतालका अलावा चीनले कोभिड–१९ का रोगीलाई अलग राख्न तथा उनीहरुको उपचारका लागि १४ अतिरिक्त अस्थायी स्वास्थ्य केन्द्र बनाएको थियो । यी सबै अस्पताल अहिले बन्द गरिएको छ ।

सरकारी पत्रिका चाइना डेलीले कोरोना भाइरस नियन्त्रणका लागि पठाइएका सयौं स्वास्थ्यकर्मीहरुको अन्तिम टोली वुहानबाट फर्किएको छ ।

चीनको वुहानमा कोरोना भाइरस संक्रमण फैलिएपछि त्यसको उपचारका लागि ४२ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
सरकारले यसअघि वुहानमा लगाएको लकडाउन ८ अप्रिलमा समाप्त गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि