शुक्रबार, असार २६, २०७७ | Friday 10th July 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • चीन सामान्य अवस्थामा पुगेपछि फिल्म हलमा चल्ने पहिलो हिन्दी चलचित्र ‘सुपर-३०’
बलिउड / हलिउड

चीन सामान्य अवस्थामा पुगेपछि फिल्म हलमा चल्ने पहिलो हिन्दी चलचित्र ‘सुपर-३०’

  • sidhadrishti मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020

कोरोना भाइरसको उद्गम देश चीन लामो समयको लकडाउन पछि विस्तारै चलमलाउन थालेको छ।

लकडाउनले त्यहाँका मात्र हैन, संसारभरकै सिनेमा हलहरू बन्द भएका छन्।

तर चीनमा स्थिति सामान्य हुँदै जाने क्रम बढेको छ। चीनको अवस्था सामान्य भएसँगै सिनेमा हलहरू खुल्नेछन्। यही क्रममा चीनमा बलिउड फिल्म पनि रिलिज हुनेछ।

कोरोना त्रासपछि खुलेका हलमा सबभन्दा पहिले लाग्ने बलिउड फिल्म ऋतिक रोशनको ‘सुपर ३०’ हुने हिन्दुस्तान टाइम्सले लेखेको छ।

रिलायन्स इन्टरटेन्मेन्ट

ग्रुपका सिइओ शिवाशिष सरकारले यो खबर पुष्टि गरेका हुन्।

‘सुपर-३० चीनमा सेन्सरसीपका लागि पठाइएको थियो,’ सरकारले भनेका छन्, ‘जब चीनको अवस्था सामान्य भएर सिनेमा हल खुल्नेछन्, यसले सेन्सरसीप अनुमति पाउनेछ र देशभर रिलिज हुनेछ।’

‘सुपर-३०’ ऋतिक रोशनद्वारा अभिनित पहिलो ‘बायोपिक’ हो। यो गणितविज्ञ आनन्द कुमारको जीवनमा आधारित छ। फिल्मले भारतमा एक सय करोड भारूको व्यापार गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि