काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ ।
खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानुनबमोजिम कडा कारबाही गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतको बताउनुभयो । चाडवर्पका बेला उपभोक्तालाई
राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्नमा आएकाले निगमले अनुगमन गरिरहेको उहाँको भनाइ छ ।
निगमले असोज ३ गते राति १२ बजेबाट लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपियाँ घटाएको थियो । प्रतिसिलिन्डर १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको ग्यासलाई २५ रुपियाँ घटाएपछि अब १३ सय ५० मा झारिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुरूप भदौ १५ गते इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको थियो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी निगमले अन्तर्राष्ट्रिय हवाई उठानतर्फको इन्धनको मूल्य पनि घटाएको थियो ।
धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत
अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।
उनी आफ्नै कोठाको दराजको कपडा
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड
कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट
नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ ।