बुधबार, असार २४, २०७७ | Wednesday 8th July 2020
जोडिनुहोस
बैँक / वित्त

शेयर दोहोरो अङ्कले घट्यो

  • ishwor आइतवार, अशोज ५, २०७६ | September 22, 2019

काठमाण्डौ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करिब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी दश उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९.६, वित्त ४.५१, निर्जीवन बीमा १२४.२९, उत्पादन ६७.६, लघुवित्त ३०.३२, जीवन बीमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक करोड ८० लाख ६३ हजार ४४७ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर रु एक करोड ६५ लाख ६२ हजार ५९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ४९ लाख १९ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख ६२ हजार ७२५, लक्ष्मी बैंक रु ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आइतबार वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३.१०, सिटी एक्सप्रेस फाइनान्स ३.०३, युनिभर्सल पावर कम्पनी २.५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १.९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १।८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८.३३, जोशी हाइड्रो पावर ८.०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७।२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६.२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् । राससबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि