काठमाण्डौ । उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ ।
प्राधिकरणका अनुसार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करीब ४५ प्रतिशत
पुगेको छ । सो प्रसारण लाइनले बुटवल तथा भैरहवा आसपासका क्षेत्रमा विद्युत् उपलब्ध गराउन ती प्रसारण लाइन सहज हुनेछ ।
रुपन्देहीको योगीकुटी सबस्टेसनबाट शुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्नेछ । रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत् आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन सो आयोजनाको निर्माण भइरहेको हो ।
यसैगरी चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करीव ४५ प्रतिशत पुगेको छ । कूल २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नु पर्नेछ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।
प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्या समाधान भइसकेको र निर्माण सामग्री आयोजना स्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा छ महीनाभित्र सकिनेछ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत् नपाएको गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेको प्राधिकरणले जनाएको छ । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग लगायतमा देखिएका समस्याबारेमा जानकारी लिएका थिए ।
उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र र मैनहिया सबस्टेसनको काम आगामी पुसभित्र सक्न निर्देशन दिएका छन् । प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीले तोकिएकै समयमा कामसक्ने प्रतिबद्धता जनाएका छन् ।
‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी ठाउँ उपलब्ध गराउँछौँ, अत्यन्तै महत्वका आयोजनाको निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौं, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले निर्माण व्यवसायीलाई कडा निर्देशन दिँदै भने ।
‘हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई मागअनुसारको विद्युत् दिन सकिरहेका छैनौँ, तपाईंहरुले छिटो काम गरिदिनुभयो भने विद्युत् माग २०० मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करीब पाँच प्रतिशत घट्छ’, उनले थप निर्देशन दिँदै भने ।
घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका प्रमुख धीरज शर्मासँग पनि छलफल गरेका थिए । मुलुकको औद्योगिक विकाससँग जोडिएका यो प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणाअनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करीब ८० मेगावाट विद्युत् आवश्यक पर्नेछ ।
यसैगरी चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । २४६ टावरमध्ये १८०को जग हालिएको छ भने १५१ खडा गरिएको छ ।राससबाट
धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत
अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।
उनी आफ्नै कोठाको दराजको कपडा
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड
कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट
नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ ।