मङ्लबार, असार २३, २०७७ | Tuesday 7th July 2020
जोडिनुहोस
मुख्य खबर

नेप्से दोहोरो अङ्कले घट्यो

  • ishwor सोमवार, भदौ ३०, २०७६ | September 16, 2019

काठमाण्डौ। आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पछ्याएको छ ।

कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।१८ बिन्दु अर्थात् १।४२ प्रतिशतले घटेर एक हजार १२३।८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १।४६ अर्थात् ३।६६ बिन्दुले घटेर २४६।३५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९

कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवारका आधारमा सोमबार  छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ८० लाख १९ हजार ९४५ बराबरको कारोवार भयो ।
यस्तै नेपाल बैंक रु एक करोड ७९ लाख ८३ हजार ३१६, सिटिजन बैंक रु एक करोड ४९ लाख ४४ हजार १९५, एनआइसी एशिया रु एक करोड १९ लाख ९५ हजार ४५५, सिद्धार्थ बैंक रु एक करोड १९ लाख २७ हजार ७९५, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड १२ लाख ३७ हजार ३८७ र शिवम् सिमेन्टको शेयर रु ९७ लाख ७० हजार ५३८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै घटेको बजारमा साल्ट टे-डिङका लगानीकर्ताले ३।९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २।९३, छ्याङदी हाइड्रोपावर २।५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २।४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २।०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७।०९, सिनर्जी पावर ६।०६, आइएमई जनरल इन्स्योरेन्स ५।७३, एनएलजी इन्स्योरेन्स ५।६७, युनियन हाइड्रोपावर ५।५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५।४० प्रतिशतले गुमाए । राससबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि