काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिए । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण बनाएको उनको भनाइ छ ।
नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएको उनले उल्लेख गरे
। विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उनले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताए ।
विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गरे ।
सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको जानकारी सरकारलाई गराएको भन्दै उनले प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको पनि हुन सक्ने बताए ।
सहुलियतपूर्ण कर्जा लिएर कृषि क्षेत्रमा लागेकाहरुले राम्रो प्रतिफल पाउन थालेको भन्दै मन्त्री डा.खतिवडाले चालू आर्थिक वर्षमा सो कार्यक्रमले थप प्रभाव देखाउने विश्वास व्यक्त गरे ।
उनले कतिपय दातृ निकायका सर्तका कारण पनि भूकम्पपछिको पुनः निर्माणलगायतका विषयमा प्रतिबद्धता अनुसारको रकम प्राप्त हुन नसकेको बताए । अर्थमन्त्री डा.खतिवडालाई सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, महेश बस्नेतलगायतले प्रश्न गरेका थिए । राससबाट
धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत
अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।
उनी आफ्नै कोठाको दराजको कपडा
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड
कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट
नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ ।