बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • राष्ट्रिय परिचयपत्र विधेयक पारित
मुख्य खबर

राष्ट्रिय परिचयपत्र विधेयक पारित

  • ishwor बुधबार, भदौ ११, २०७६ | August 28, 2019

काठमाण्डौ। प्रतिनिधि सभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। ‘पाइलट प्रोजेक्ट’का रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाले विधेयक पारित गरेको हो।
कानुनबिना परिचयपत्र वितरण गरिएको भन्दै सांसदद्वारा आलोचनासमेत गरिएको थियो। पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ।
गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन पछि तयार पार्न लागिएको हो। हालसम्म भएका कामकारबाही पारित विधेयकले नै संरक्षण गरे

पनि वितरित परिचयपत्रको हकमा भने केही नयाँ व्यवस्था पनि थप भएका छन्। पारित विधेयकले यसअघि वितरण गरिएको परिचयपत्रमा केही विवरण थप गरेको छ । आँखाको विवरण नयाँ परिचयपत्रमा थप हुनेछ।
पारित विधेयकअनुसार परिचय पत्रमा दुवै हातका दस औँलाको छाप रहनेछ । परिचयपत्रमा विद्युतीय तस्बिर, विद्युतीय छाप लगायतका वैयक्तिक र जैविक विवरण संरक्षित हुनेछन्। जैविक विवरण सङ्कलनका लागि दुवै हातका सबै औँला नभएको व्यक्तिका हकमा सो बेहोरा जानकारी गराई सम्भव भएसम्मका औँलाको छाप लिइनेछ। परिचयपत्रमा व्यक्तिको वैयक्तिक विवरणसँगै आमाबाबुको नाम लगायतको विवरण पनि समेटिनेछ।
पारित विधेयकमा परिचयपत्र रद्दको व्यवस्था पनि गरिएको छ। उमेर नपुगी लिएको प्रमाणपत्र रद्द हुनेछ। यस्तै अन्य झुटा विवरण पेस गरी लिएको प्रमाणपत्र पनि रद्द हुनेछ । विदेशी नागरिकले परिचयपत्र लिएको पुष्टि भएमा सो परिचयपत्र पनि रद्द हुनेछ ।
परिचयपत्र वाहक व्यक्तिको नेपालको नागरिकता नरहेमा वा त्याग गरेमा पनि राष्ट्रिय परिचयपत्र रद्द हुनेछ। परिचयपत्र प्राप्त गरेको व्यक्तिको मृत्यु भएमा पनि त्यस्तो परिचयपत्र कायम नरहने विधेयकमा व्यवस्था गरिएको छ।
परिचयपत्रमा संलग्न वैयक्तिक र जैविक विवरणको गोप्यता कायम गर्नुपर्ने पारित विधेयकमा उल्लेख छ। त्यस्ता विवरणको रुजूसमेत गोप्य रूपमा नै गर्नुपर्नेछ। कुनै पनि कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त निकायले माग गरेमा भने त्यस्तो विवरण उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। कुनै अदालतले माग गरेमा, व्यक्ति स्वयंले माग गरेमा पनि विवरण उपलब्ध हुन सक्नेछ। गोरखापत्रअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत

  • २ महिना अघि
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ५ महिना अघि