बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !
मुख्य खबर

परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !

  • ishwor बुधबार, भदौ ११, २०७६ | August 28, 2019

काठमाण्डाै । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।

जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले एसईई परीक्षामा सहभागी नभए पनि करिश्मा चन्दको १.६५ जिपिएको मार्कसिट आएको बताउनुभयो । करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको

सिम्बोल नम्बर ०७५११८० “एन” र जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

प्रधानाध्यापक चन्दले भन्नुभयो, “ करिश्मा चन्द कक्षा १० मा भर्ना भएर दुई/तीन महिना पढेर विद्यालय आउन छोडेकी हुन् । परिवारबाट विवाह गरेर डोटी गएको खबर पाएपछि विद्यालयले एसईई फाराम भरेन ।

परीक्षामा कतै सहभागी पनि नभएकी करिश्माको अचानक कसरी मार्कसिट आयो ? हामी अचम्ममा परेका छौं ।”

परीक्षा नदिएर पनि छोरीको मार्कसिट आएकोमा बुवा केशवबहादुर चन्दले खुशी हुँदै विद्यालयले मार्कसिट दियो भने छोरीको घरमा पुर्याई दिने बताउनुभयो ।

चन्दले भन्नुभयो, “पढ्न स्कुल पठाएकी छोरी मोबाईलबाट डोटीतिरको केटासंग कुराकानी हुँदो रहेछ । भागेर गएको हामीले पनि निकै दिनपछि थाहा पायौं । फोनले गर्दा छोरीको पढाई बिग्रेकोमा चिन्ता लागेको थियो । परीक्षा नदिए पनि सर्टिफिकेट आएछ ! अचम्मै भयो नि !”

एसईई परीक्षा नदिए पनि मार्कसिट आएको विषयमा करिश्मा चन्दले समेत आश्चर्य प्रकट गर्नुभयो । डोटीबाट फोनमा कुरा गर्दै करिश्माले भन्नुभयो, “ हेर्नु न दाइ ! फोनबाट कुराकानी हुँदा डोटीको केटासंग लब पर्यो । पढाई छाडेर नभागेको भए कति राम्रो हुने थियो । श्रीमानले पनि पढाई छोडेर

रोजगारीका लागि भारत जानु भएको छ । नरमाईलो भयो मेरो त जिन्दगी । ”

एसईई परीक्षा नदिएरै करिश्मा चन्दको कसरी मार्कसिट आयो ? भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका एसईई दिने विद्यालय र परीक्षार्थीको नामावली खोज्दा सारदा माध्यमिक विद्यालय ढुङ्गाढको फाईलमा करिश्माको नाम भेटिएन ।

२०७५ सालको एसईई परीक्षामा सारदा माध्यमिक विद्यालयबाट ३४ जना विद्यार्थीले परीक्षामा सहभागि हुन रजिष्ट्रेशन फाराम भरेको पाईएको छ । ती ३४ जना बिद्यार्थी मध्ये करिश्मा चन्दको नाम कहि कतै उल्लेख छैन ।

अझै खोजी गर्दै जाँदा करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र सोही विद्यालयबाट परीक्षा दिने परीक्षार्थी सरिता लुहारको पनि सिम्बोल नम्बर ०७५११८० “एन” एउटै रहेको फेला परे पनि जन्म मिति भने फरक रहेको छ ।

सरिता लुहारको रजिष्ट्रेशन फाराममा जन्ममिति २०५७ असार १० गते उल्लेख छ भने करिश्मा चन्दको मार्कसिटमा जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रप्रसाद अवस्थी लगायतका कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षाको नतिजा हेर्न मिल्ने साईटमा गएर सिम्बोल नम्बर ०७५११८० “एन” टाईप गर्दा करिश्मा चन्द नाम गरेकै विद्यार्थी फेला परेको छ ।

शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले सरिता लुहारले मार्कसिट नपाएको भए सरिताकै हुन सक्ने बताउनुभयो ।

समन्वय अधिकारी अवस्थीले भन्नुभयो, परीक्षा नै नदिएको विद्यार्थीको कसरी मर्कसिट आयो ? योत अचम्म भयो । यदि सरिता लुहारले मार्कसिट नपाएको भए करिश्माको नाममा आएको मार्कसिट सरिताको हुनु पर्छ र मार्कसिट पाउन सरिताले निवेदन दिनुपर्छ ।

यो विषयमा सारदामा मावि ढुङ्गाढका प्रधानाध्यापक मीन बहादुर चन्दले सरिता लुहारले नियमित अध्ययन गरेर एसईई परीक्षा दिए पनि मार्कसिट नआएको बताउनुभयो । गोरखापत्रअनलाइनबाट गोकर्ण दयाल

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत

  • २ महिना अघि
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ५ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ५ महिना अघि