काठमाण्डाै । धनगढीमा नेपाल आइस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागी नौ वटै टीमहरुले पनि भाग लिएका थिए ।
लिगका आधारमा खेलाईने प्रतियोगिताको पहिलो दिन भएका खेलमा एसटीएस टेलिभिजन, रेडियो धनगढी र
बी टिभी विजयी भएका छन् । रेडियो डेलिमेल र डेलीपाटी डट कमले बराबरी खेलेका छन् । उद्घाटन खेलमा एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले हरायो । एसटीएसको जितमा सागर शाहले ७ गोल गरे । शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए ।
पहिलो दिनको दोस्रो खेलमा रेडियो धनगढीले दिनेश एफएमलाई ६—१ ले किनारा लगायो । रेडियो धनगढीका लागि लोक कार्कीले तीन तथा प्रकाश छेडाल सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काए ।
तेस्रो खेलमा भने रेडियो डेलिमेल र डेलीपाटी डटकमले चार चारको बराबरी खेले । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले एक्लै चार गोल गरे । पहिलो दिनको चौथो तथा अन्तिम खेलमा बी टिभी विजयी भएको छ । बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक लिग चरणका चार खेल हुनेछन । अन्तिम दिन भने दुई सेमीफाईनल र फाईनल हुनेछ ।
काठमाडौँ । राष्ट्रिय सभासदस्य कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन् ।
वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।
नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले कारण आफ्नो चरित्र हत्या
काठमाडौँ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने भएका छन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा त्रिभुवन
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० तिङग्राखानी स्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनामा दुईको ज्यान गएको छ ।
गएराती करिब एक बजे रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौं तर्फ आइरहेको लु १ ख ७७६२ नम्बरको
मुम्बई, एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर अस्वस्थ भएका छन् । उनका काका अभिनेता रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका हुन् ।
दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँग कुराकानीमा
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।
सर्वोच्च
न्होम पेन । कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।
समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् ।
कम्बोडियामा अघिल्लो महिनादेखि
काठमाडौँ। मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ ।
सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले ५४औँ मिनेटमा गरेको गोल नै
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले सामूहिक राजीनामा दिएका छन् ।
यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७-७८ को नयाँ भर्नाका लागि
काठमाडौँ । भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।
भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ ।
मृत्यु हुनेमा चार जना फायर फाइटर्स,