शुक्रबार, साउन २३, २०७७ | Friday 7th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न
बैँक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न

  • ishwor शनिबार, भदौ ७, २०७६ | August 24, 2019

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालन समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताव प्रस्तुत गर्नुहुँदै बैंकले विभिन्न सहायक कम्पनीमार्फत् व्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने बताए ।

साधारणसभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरू बल्लभ घिमिरेले राख्नुभएको जिज्ञासाबारे बैंक

संचालक समितिका अध्यक्ष गुरुङले जवाफ दिए ।

साधारणसभामा बैंकका संचालक समितिका सदस्यहरू रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थिति थियो ।

त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरू महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशील तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • ३ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • ३ महिना अघि