एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ सिजन धेरै किसिमले ठिक भइरहेको छैन ।
सिजनको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले लियोनेल मेसीको इन्जुरीको समस्या झेलिरहेका बेला अर्का खेलाडी उसमान डेम्बेलेपनि घाइते भएर पाँच साताका लागि मैदान बाहिर भएका छन् । भर्खरै ब्राजिलियन फिलिप कोटिन्होलाई लोनमा बायर्न म्युनिखलाई बेचेको बार्सिलोनाले अब दोस्रो खेलका लागि पुरै रुपमा एन्टोनी ग्रीजम्यानसँग भर पर्नु परेको छ ।
रियल बेटिससँग आगामी आइतबार राति हुने खेलमा सम्भवत मेसी ठिक हुने छन् तर बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरीको असर
पर्ने देखिएको छ । तिब्र गतिका डेम्बेले सटिक पास दिने खेलाडीका रुपमा चिनिन्छन् । पहिलो खेलमा हार बेहोरेर दबाबमा आएको बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरी ठुलो धक्काको रुपमा लिइएको छ ।
मिडिया रिपोर्टका अनुसार डेम्बेलेको व्यवहारले पनि बार्सिलोना व्यवस्थापन रुष्ट बनेको छ । गत शुक्रबार राति भएको खेलमा पुरै समय खेलेका डेम्बेलेको खुट्टामा समस्या भएपछि शनिबार बिहान मेडिकलका लागि रिपोर्ट गर्नुपर्नेमा सोमबारसम्म सम्पर्कमा नआएको बताइएको छ ।
काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको
काठमाडौं । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक भएको छ ।
थानकोट गोल्डक कप आयोजक कमिटीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन २७ गते देखि सुरु हुने खेलको तालिका सार्वजनिक गरेको हो
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ । सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ ।
एन्फा कम्प्लेक्समा दिउँसो १२।१५ मा शुरु
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बिहीबार चेल्सीसँग घरेलु मैदानमै १–० को हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन एनफिल्डमा पराजित भएको यो लगातार पाँचौं हार हो ।
यो नतिजापछि लिभरपुलले शीर्ष चारमा स्थान बनाउन पनि संघर्ष गर्नुपर्ने भएको छ । पहिलो
ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।
पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर
वेष्टइन्डिज क्रिकेट टीमका कप्तान केरोन पोलार्डले एक ओभर ६ छक्का प्रहार गरेका छन् । एन्टीगामा भएको श्रीलंकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पोलार्डले यस्तो उपलब्धि हासिल गरेका हुन् । पोलार्ड श्रीलंका खेलाडी अकिला धनञ्जयको एकै ओभरमा ६
काठमाडौं । नेपाल प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा आयोजना भएको विर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन भएको छ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख
काठमाडौं । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिताको उदघाटन आज हुने भएको छ ।
बुधवारबाट काठमाडौंमा सुरु हुने भनिएको प्रतियोगिता खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडि मंगरवारबाटै सुरु भएको आयोजक नागार्जुन
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।
घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास