कमाठमाण्डौ । अठार दिनदेखि फरार रहेकी नायिका शिल्पा पोखरेल आफूलाई पक्राउ नगर्न निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी छन् ।
उनको तर्फबाट निषेधाज्ञा आदेश माग गर्दै कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाई निवेदन सहित उच्च अदालत पाटनमा पुगेका छन् । गुरागाँईले साउन १६ गते नै शिल्पाको तर्फबाट निषेधाज्ञा मागसहितको निवेदन दर्ताका गरेका थिए ।
सोही निवेदनमाथि शुक्रबार बहस भएको छ । निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता गुरागाँई र अधिवक्ता मनोजकुमार यादवले बहसले गरेका छन् । निवेदनमा काठमाडौं जिल्ला अदालत,
टेकु प्रहरी परिसरलागतय ६ वटा पक्षलाई विपक्षी बनाइएको छ । निवेदन मस्यौदा यादवले गरेका हुन् ।
निवेदनमा पोखरेलले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएकोले पक्राउ गर्ने आदेशलाई रोक्न तत्काल निषेधाज्ञा आदेश हुनुपर्ने माग गरेकी छन् । बहस केहीबेर अघि सकिएको छ । बहस न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलासमा भएको हो ।
यता शिल्पा र श्रीमान् छबि ओझाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी मुद्दाका पक्ष हेमा ओझाको तर्फबाट भने अधिवक्ताहरु स्वागत नेपाल र तुलासाले बहस गरेका छन् ।
मुद्दा दर्तापछि यही साउन ८ गते काठमाडौं जिल्ला अदालतले शिल्पा र छबिलाई पक्राउ गर्न आदेश पूर्जी जारी गरेको थियो ।
मुद्दा पक्ष हेमा ओझाकी कानून व्यवसायी नेपालले भने अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा निषेधाज्ञा निवेदन दर्ता हुनु नसक्ने दाबी गरेका छन् ।
‘अदालतबाटै अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा उच्च अदालत पाटनमा निषेधाज्ञा माग निवेदन कसरी दर्ता भयो ?’ नेपालले प्रश्न गरे ।
शिल्पा पोखरेलले छवि ओझाले घरेलु हिंसा गरेको भन्दै केही समयअघि उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । स्रोतका अनुसार छविसँग सम्बन्धविच्छेद गर्ने तयारीमा उनी थिइन् । सोही सयममा हेमा बुहुविवाहको मुद्धा लिएर एकाएक आएकी हुन् ।
छविले हेमासँग सम्बन्ध विच्छेद नगरी अंशबन्डा गरेर बसेको थिए । छवि र शिल्पाबीच २०७३ साल गुपचुप विवाह भएको थियो ।
धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत
अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।
उनी आफ्नै कोठाको दराजको कपडा
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड
कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५
काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।
अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट
नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ ।