जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छः सभापति देउवा
काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति एव्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उहाँले सो सम्मान गर्नुभएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ । २०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३३३
रहेकोमा यस वर्षबाट वृद्धि गरी रु ५५ हजार ५५५ पु¥याइएको छ ।
सो अवसरमा सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउँदै “जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ भन्नुभयो ।”
उहाँले भन्नुभयो, “प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक छन् ।” पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उहाँले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताउनुभयो ।
सभापति देउवाले नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा परिचालन गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । काङ्ग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरिरहेको बताउँदै उहाँले कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढेको स्पष्ट पार्नुभयो ।
सभापति देउवाले वर्तमान सरकारले शक्ति केन्द्रित गर्ने गरी विभिन्न विधेयक ल्याएको बताउँदै गलत मनसायका साथ आएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतलाई संसद्बाटै रोकिने धारणा व्यक्त गर्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासङ्घको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गर्दै स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राख्नुभयो । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बाँस्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशिल बनाउने धारणा राख्नुभयो । प्राप्त पुरस्कार राशीलाई बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी रु २५ हजार ५५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गर्नुभयो । सो पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाले गर्नेछ ।
पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्व बुवा दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले वर्षेनी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।
पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व आमा उत्तराकुमारी पालिखेको स्मृतिमा आफ्नो परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशिल एक जना महिलालाई वर्षेनी पुरस्कृत गर्ने गरी रु दुई लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा पनि उहाँले गर्नुभयो । अन्नपूर्ण एफ एम ९३ दशमलव ४ ले सञ्चालन गर्ने गरी सो पुरस्कार एफएमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । राससबाट
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा
‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट उद्घाटन गरिएको
लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत
काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको
उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट करीब ४५ लाख