बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • सामाजिक सञ्जाल चलाउँदा यस्ता कस्ता कुरामा ध्यान दिनपर्छ ?
समाचार

सामाजिक सञ्जाल चलाउँदा यस्ता कस्ता कुरामा ध्यान दिनपर्छ ?

  • ishwor सोमवार, साउन २०, २०७६ | August 5, 2019

काठमाडौँ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर क्राइमका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले यी कुरामा ध्यान दिन सुझाव दिएको छ ।

  •  आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं

  •  समाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं ।
    आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।
  •  अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।
  •  आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।
  •  आफ्नो तस्बिर वा भिडियोहरु शेयर गर्दा आफूले चाहेको साथी वा व्यक्तिले मात्र हेर्न, कमेन्ट गर्न मिल्ने गरी सेयर गरौं । यसका लागि आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ मिलाऔं ।
  •  इन्टरनेटमा देखिएका सबै सत्य र असल नहुन पनि सक्छ । च्याट,कमेन्ट,म्यासेजको आधारमा मात्र सबैसँग नजिक हुने वा भेट्न जानु जोखिमपूर्ण पनि हुन सक्छ ।
  • आफूले प्रयोग गर्ने मोबाइल, कम्प्युटर बाहेक जुन पायो त्यही उपकरणबाट ईमेल वा सामाजिक सञ्जाल लग इन नगरौं । यदि अत्यावश्यक परेर लग इन गर्नु परेमा लग इन पश्चात् लग आउट गरौं ।
  •  सामाजिक सञ्जाल हामीलाई एक आपसमा जोड्नको लागि हो । कुनै पनि जाति,धर्म,वर्ण, लिङ्ग वा सम्प्रदायप्रति लक्षित तस्विर, भिडियो लिङ्क, ट्यागहरु क्लिक गरेर, प्रतिक्रिया दिएर, सेयर गरेर यसको गलत प्रयोग नगरौं । यस किसिमका सामग्रीलाई तत्काल रिपोर्ट गरौं ।
  •  च्याट, कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरौं ।
  •  आफ्ना साथी वा प्रेमी प्रमीकाहरुसँग आफ्नो व्यक्तिगत गोप्य तस्विरहरु आदानप्रदान नगरौं । कुनै पनि सम्बन्धको निश्चित सिमाना कायम राखौं ।
  • – कसैले नराम्रो असभ्य वा अश्लिल फोटो,भिडियो,म्यासेज पठाएमा आफ्नो अभिभावकलाई खबर गरौं । प्रहरीकहाँ कसरी खबर गर्ने आफू पनि सिकौं र साथीहरुलाई पनि भनौं ।
  • – विद्युतीय वा साइवर अपराधको प्रमाण सजिलै नष्ट गर्न सकिने भएकोले प्रहरीमा रिपोर्ट गर्दा त्यस्ता सामग्रीको स्क्रिन सट र त्यस्ता व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनुपर्छ ।
  • अकाउन्ट सुरक्षाको दृष्टिकोणले Two Factor Authentication को प्रयोग गरौं । जस्तै एकाउन्ट लगइन गर्दा पहिला तपाईको फोनमा म्यासेज आउने र सो कोड प्रयोग गरेर मात्र ईमेल वा सामाजिक सञ्जाल लग इन गर्न सकिने ।
  • ईमेल वा सामाजिक सञ्जालको कुनै पनि खाताको रिकभरी अप्सन मा आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर पनि प्रयोग गर्नुहोस् । यदि आफूले प्रयोग गरिरहेको र सो खाताको रिकभरी अप्सनमा रहेको मोबाइल नम्बर कुनै कारणवश परिवर्तन गर्नुपरेमा, हराएमा सामाजिक सञ्जालमा प्रयोग भएको सो मोबाइल नम्बर पनि परिवर्तन गर्न नभुलौं ।
  •  बाबु, आमा,अभिभावकहरु आफ्नो सन्तानको सामाजिक सञ्जालमा साथी बनेर जोडिनुहोस् ताकि उनीहरुको क्रियाकलापको जानकारी होस् ।
  • यदि कुनै ईमेल खाता प्रयोग गरेर फेसबुक, ट्विटर, ईन्स्टाग्राम,स्न्याप च्याट आदि खोल्नु भएको छ भने सबै (सोसियल मिडिया/ईमेल) एकाउन्टमा एउटै पासवर्ड प्रयोग नगरौं । ईमेल पनि समय समयमा चेक गरौं ।
  • फेसबुक प्रतिक्रियाहरु

    लोकप्रिय

    सम्बन्धित समाचार

    सबै
    हिपत खबर
    भर्खरै
    काठमाडौँमा कोरोना संक्रमित बढेपछि धादिङ प्रशासनले रोक्यो सवारी पास

    धादिङ : जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चित कालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार (१६ साउन) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

    प्रशासनका प्रशासकीय अधिकृत

    • २ महिना अघि
    हिपत खबर
    भर्खरै
    अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

    अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

    उनी आफ्नै कोठाको दराजको कपडा

    • ५ महिना अघि
    हिपत खबर
    भर्खरै
    धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

    धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

    • ५ महिना अघि
    हिपत खबर
    भर्खरै
    कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

    कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

    • ५ महिना अघि
    हिपत खबर
    भर्खरै
    सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

    काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

    अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

    • ५ महिना अघि