• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, फाल्गुन २३, २०७७ | Sunday 7th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • बिज्ञान/प्रबिधि
  • अचम्मको कुरा, ब्याक्टेरिया रोगका वाहक मात्र हैन, मान्छेको असल साथी पनि पो रहेछ
बिज्ञान/प्रबिधि

अचम्मको कुरा, ब्याक्टेरिया रोगका वाहक मात्र हैन, मान्छेको असल साथी पनि पो रहेछ

  • ishwor आइतवार, साउन १९, २०७६ | August 4, 2019
Photo Source : wikipedia
Bishwokarma5

एजेन्सी । ब्याक्टेरिया भन्ने बित्तिकै हामी डरलाग्दा रोहरुबारे कल्पना गरेर तर्सन थाल्छौ । किनभने, टाइफाइ, हैजा, कुष्टरोग,प्लेग, टी।बी।, डिप्थेरिया, निमोनिया, लगायत अन्य धेरै खतरनाक रोगहरु र समस्याहरु ब्यकटेरियाकै कारण हुन्छन् । त्यसैले ब्यक्टेरियाको नाम सुनेर हामी तर्सनु स्वभाविकै नै हो ।

सर्वत्र पाइन्छ व्याक्टेरिया
व्याक्टेरिया पृथ्वीका हरेक कुनामा, माटो, समुद्र, अन्टार्कटिकाका अथाहा हिउँमा समेत पाइन्छ । तीमध्ये धेरैजसो बोटविरुवा, प्राणीका शरीरमा बसोबास गर्ने गर्छन् । एउटा मानिसको शरीरभित्र मात्रै उसको शरीरको जम्मा कोषहरुको तुलनामा १० गुनाभन्दा बढी त व्याक्टेरिया

Real Shoes 1

नै हुन्छ । तीमध्ये धेरैजसो चाहिँ पाचन प्रणालीमा बसोबास गरेका हुन्छन् ।

केही व्याक्टेरिया माटो अथवा मृत वनस्पतिमा पाइन्छ । यी व्याक्टेरियाले माटोलाई आवश्यक हुने पौष्टिकता पुनचक्रमा महत्त्वपूर्ण भूमिका निभाउँछ ।

केहीले खानालाई खराब गर्ने र खेतीपातीमा क्षति पुर्‍याउने गर्छ । तर फेरि दहीजस्ता फटाएर वा रक्सीजस्तो कुहाएर बनाइने खाद्य पदार्थमा व्याक्टेरिया नभई नहुने तत्त्व हुन् ।
तुलनात्मक अति थोरै व्याक्टेरियाहरुले मात्रै विभिन्न प्रकारका रोग लगाउने गर्छ ।

व्याक्टेरियाको प्रजनन प्रक्रिया
व्याक्टेरिया ‘बाइनरी फिजन’ प्रक्रियामार्फत प्रजनन् गर्छन् । यस प्रक्रियामा एक कोषमात्र हुने व्याक्टेरिया दुई दुरुस्त उस्तै बच्चा कोषमा विभाजित हुन्छ । ‘बाइनरी फिजन’ व्याक्टेरियाको डीएनए दुई वटामा विभाजित हुन थालेपछि सुरु हुन्छ ।

त्यसपछि व्याक्टेरिया कोष लम्बिँदै गएर दुईवटामा विभाजित हुन्छ । दुवैमा बच्चा कोषमा दुरुष्त खालको डीएनए हुने हुदाँ, ती अभिभावक कोषको ‘क्लोन’ हुन् ।

उपयुक्त तापक्रम र पौष्टिकता पाउदाँ, इस्चेरिचिया कोलीजस्तो व्याक्टेरिया २० मिनेटभित्रै विभाजित हुन सक्छ । यसको मतलब ७ घण्टाभित्रै ती व्याक्टेरिया एउटाबाट २०, ९७, १५२ वटासम्म हुन्छन् ।
त्यसको एक घण्टापछि त्यस्तो व्याक्टेरियाको संख्या १,६७,७७,२१६ पुगिसकेको हुन्छ । त्यसैले रोग लगाउने जिवाणुले हाम्रो शरिरलाई आक्रमण गर्दा, हामी चाँडै विरामी पर्छौं ।

बाच्ने प्रक्रिया
केही व्याक्टेरियाले ‘इण्डोस्पोर्स’ निर्माण गर्न सक्छन् । ‘इण्डोस्पोर्स’ व्याक्टेरियाको निस्क्रिय स्वरुप हो जसले विषम ताप, अल्ट्रा–भ्वाइलेट विकिरण र किटाणुनासक रसायनजस्ता प्रतिकूल भौतिक र रसायनिक अवस्थाविरुद्ध बलियो प्रतिरोध गर्छ ।

यसैको कारण व्याक्टेरियालाई नष्ट गर्न धेरै कठिन हुन्छ । ‘इण्डोस्पोर’ निर्माण गर्ने व्याक्टेरियाहरु खतरनाक खालको जिवाणुमा पर्छन् । यसको उदाहरणमा एन्थ्र्याक्स लगाउने ब्यासिलस एन्थ्र्याक्स एउटा हो ।
सबै ब्याक्टेरियाहरु खराब हुन्नन्

तर सबै ब्याक्टेरियाहरु मान्छेका लागि खराब हुँदैनन् । अहिलेसम्म संसारमा करिब १६ सय देखि दुई हजार थरीका ब्याक्टेरियाहरु पत्ता लागेका छन् । ती मध्ये अतिथोरै मात्राले अर्थात करीब २०० थरि ब्याक्टेरियाले मात्र हामीलाई रोग लगाउछ । यस्ता ब्याक्टेरियाहरुलाई प्याथोजेनिक ब्याक्टेरिया उबतजयनभलष्अ दबअतभचष्ब भनिन्छ । अरु व्याक्टेरियाहरु मान्छेका लागि हानिरहित हुन्छन् । बरु, धरै जसो ब्याक्टेरिया त कुनै न कनै रुपमा मान्छे र प्रकृतिका लागि अत्यन्तै उपयोगी नै पनि हुन्छन् ।

ब्याक्टेरिया हावा, पानी–जमीन सबै ठाउँमा हुन्छ । यतिसम्म कि, यो समद्र, महासागरहरुका गहिरो पिँधहरुमा समेत पाइन्छ । तर यो हाम्रो नांगो आँखाले देख्ना सकिदैन । यो अत्यन्तै सुक्ष्म हुन्छ । आकारमा ब्याक्टेरिया एक देखि १० माइक्रोमिटर ९एक इन्चको पच्चीस हजार भाग बराबर आकारको ० हुन्छ ।

यो चित्र रोग लगाउने एक किसिमको ब्याक्टेरियाका हो यस ब्याक्टेरियाको नाम ल्भष्ककभचष्ब mभलष्लनष्तष्मष्क हो । यसले ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र अन्य रोगहरु लगाउछ । ब्याक्टेरियाले मरेका प्राणी र विरुवाहरुलाई कुहाउने ९सडाउने० काम गर्छ ।

एक छिन कल्पना गर्नुहोस त, ब्याक्टेरिया नहुदो हो त यो संसार कस्तो हुँदो होला रु संसार नै मरेका प्राणीहरु र विरुवाहरुले ढाकिने थियो १

प्राणी तथा विरुवाहरु सडनु भनेको त्यसलाई ब्याक्टेरियाले खाएको हो । त्यसरी खाने क्रममा ब्याक्टेरियाले त्यसको जटील पदार्थहरु ९ऋयmउष्अिबतभम कगदकतबलअभक० लाई सामन्य तुलाई दिन्छ । र, त्यही चीज नै जीवित प्राणी वा विरुवाले ग्रहण गर्न सक्ने रुपमा माटो, पानी वा हावामा मिल्छ ।

हामीले खाना खान्छौ । अन्य प्राणीले पनि खाना खान्छ । त्यसरी खाएको खानानलाई पचाउने काम पनि ब्याक्टेरियाले नै गर्छ । मान्छेको आन्द्रमा धेरै ब्याक्टेरिया हुन्छ । आमाशयमा टुक्रिएर आएको खानालाई आन्द्रमा रहेको ब्याक्टेरियाले पनि खाना र टुक्रउन थाल्छ । त्यसैबेला ब्याक्टेरियाले खास किसिममा भिटामीन, पोषक तत्वहरु पैद गर्छ, जसलाई हाम्रो शरीरले ग्रहण गर्छ ।

माटोमा हुने एक किसिमको ब्याक्टेरियाले नाइट्रोजनलाई अड्याएर तथा खाद्यविरुवाले ग्रहन गर्न सक्ने बनाएर राखिदिन्छ । हामीले तयसै विरुवाहरुबाट खाद्य पदार्थहरु प्राप्त गर्छौ । त्यस बाहेक, दही, हचार, चीज, भिनेगरहरु बनाउन, केही थरि रङ्ग, प्लाष्टिक, सौन्दर्य प्रशोधनहरु, सुर्ती जस्ता वस्तुहरुमा, केही औषधीहरुमा तथा केही किसिमका धागोहरु, साबुन बनाउन पनि ब्याक्टेरियाकै प्रयोग र भूमिका भएको हुन्छ ।

जम्मा भन्ने हो भने, मान्छेले ब्याक्टेरियाको उपयोगिता थोरै मात्र जानेका छन् । अहिले भन्दा धेरै ढंगले जीवनोपयोगी एवं मानवोपयोगी काममा मान्छेले ब्याक्टेरियाको उपयोगिता गर्ने तरीकाहरु भविष्यमा पत्ता लगाउदै जानै निश्चित छ । @ratopati.

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
दोलखामा नेपाल टेलिकमको 4G विस्तार

दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ ।

टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
पूर्वाधारमा कम्पनी नभएकाले नेपालमा इन्टरनेटको मूल्य महंगो भएको मन्त्री गुरुङको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढेको बताएका छन् ।

दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पूर्वाधार कम्पनी तत्कालै आवश्यक भएको बताएका

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

अस्ट्रेलियाली संचारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचारमाध्यमका सामग्री प्रकाशन गरेबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।

फेसबुकले संचारमाध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
रवि लामिछानेले ल्याए नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । हालै मात्र न्युज २४ टेलिभिजन छोडेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् ।

लामिछाने उक्त टेलिभिजनका लागि

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो

एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी ।

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

मेलम्ची  खोलाको  पानी  काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ ।परीक्षण गर्न

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो, त्यसपछि विमानका टुक्राहरु खस्न थाले ...

वासिङटन । अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए ।

बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए ।

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
त्रिभुवन विश्वविद्यालयले ७ सय भन्दा बढी प्राध्यापकका लागि आवेदन आव्हान गरेको छ

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ ।

त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको

  • २ हप्ता अघि