• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, फाल्गुन २०, २०७७ | Thursday 4th March 2021
जोडिनुहोस
Architectural
Real Shoes4
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • मेभोक्स ब्रान्डका हेलमेट नेपाली बजारमा
अर्थनीति

मेभोक्स ब्रान्डका हेलमेट नेपाली बजारमा

  • ishwor शुक्रबार, साउन १७, २०७६ | August 2, 2019
Bishwokarma5

 

काठमाडौं । नेपाल बजारमा मेभोक्स हेलमेट औपचारिक रुपमा भित्रिएको छ । मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले रिटेलर मिट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको हो ।

सो अवसरमा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले कम्पनीले विशेष महत्व दिएकै कारणले भारत पछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको बताए । सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको र ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स

Real Shoes 1

हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त भएको बताए ।

कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले कम्पनीले उत्पादन गरेको हेलमेटको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए ।

माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौती समेत थपिएको बताउदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दा नै दुर्घटनाबाट धेरै राइडरको मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने बताए ।

सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र तथा मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको बताए ।

सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सय देखि ५ हजार १ सय रुपैयाँ सम्म छ ।

मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।

सन्धार टेक्नोलाजिज र एमकिन इन्डष्ट्रिजको संयुक्त लगानीमा सन्धार एमकिन इन्डष्ट्रिजको स्थापना गरिएको हो । मेभोक्स हेलमेट उत्पादनका लागि भारतको मानेसरमा प्लान्ट स्थापना गरिएको छ । वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन गर्ने क्षमता भएको उक्त प्लान्टमार्फत यो आर्थिक वर्षमा ७ देखि ८ लाख हेलमेट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिले देखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराइरहेको छ । @ratopati.com

Chandragiri6
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, कोरोना महामारी मुख्य कारण

काठमाडौँ– नेपालको आर्थिक वृद्धिदर ऋणात्मक बनेको छ । तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६-७७ वर्षको देशको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको जनाएको छ ।

विभागका अनुसार गत आवमा नेपालको वार्षिक आर्थिक वृद्धिदर

  • ५ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
आज नेप्से ५९ दशमलव ७ अङ्कले ओरालो लाग्यो

आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ ।

आज नेप्से ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक

  • २ दिन अघि
हिपत खबर
भर्खरै
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा रहेको दाबी

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु २ का दरले मूल्यवृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
साताको पहिलो दिन नेप्सेमा पहिरो, ८० अकंको गिरावट

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो।

यस क्रममा नेप्सेमा आठ

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्कको शिल्यान्यास गर्न प्रधानमन्त्री आली आज झापा जाँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । झापा क्षेत्र नम्बर ५ मा हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्याससहित विभिन्न कार्यक्रमका लागि ओली झापा जान लागेका हुन् ।

ओलीको सचिवालयले झापामा

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
उखुकिसानले पाए आधुनिक कृषियन्त्र तथा उपकरण

कञ्चनपुर । लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
आर्थिक अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकिएको  छैन ।

सुन्दर  यातायातले  दुई  वर्षअघि  निर्माण  गर्न लगाएको  २५  वटा  बसको  भुक्तानी  गरिसेकेको  छ  तर  भन्सार कर बुझाउन आवश्यक रकमको जोहो गर्न

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
व्यवसायीक कृषि फर्म सञ्चालनका लागि चन्द्रागिरी नगरपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले आफ्नो पालिका भित्र का ४८ वटा काउ म्याट व्यवसायीक कृषि फर्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै अनुदान प्राप्तीका लागि फागुन २७ गते भित्र लिखित प्रस्ताव पेश गर्न

  • ५ दिन अघि
हिपत खबर
भर्खरै
विश्व बैंक र नेपाल सरकारका बीच कार्वन व्यापार सम्झौता, पाँच अर्व रुपैयाँ पाउने

काठमाडौं । सरकारले कार्बनडाइअक्साइड बिक्रीका लागि विश्व बैंकसँग सम्झौता गरेको छ ।

रूखले सोसेर राखेको कार्बनडाइअक्साइड बिक्री गर्न सम्झौता गरिएको विश्‍व बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिटन कार्बनडाइअक्साइडको मूल्य ५ सयअमेरिकी डलर (५८ हजार

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
आज पनि सुनको मूल्य घट्यो , कतिमा भैरहेको छ कारोवार ?

काठमाडौँ । स्थानीय बजारमा आज पहलो धातु सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ ।

छापावाला सुन आज तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन

  • ६ दिन अघि