स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ ।
विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।
स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ जबकि सामसुङका स्मार्टफोनको बिक्रीमा भने १।९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७
प्रतिशतको वृद्धिदर हासिल भएको छ ।
एप्पल कम्पनीले भने यो त्रैमासिकमा गिरावटको सामना गर्नुपरेको छ । सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।
संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।
बिक्री तथा मार्केट शेयरको दृष्टिले ९।४ प्रतिशत बजार हिस्सा रहेको शाओमी चौथो स्थानमा र ८।७ प्रतिशत हिस्सा रहेको ओप्पो पाँचौं नम्बरमा रहेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यी दुवै कम्पनीको वृद्धिदरमा सामान्य मात्रै बढोत्तरी देखिएको छ ।
काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ ।
त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८।१ प्रतिशत, भिभोको ७।५ प्रतिशत, लेनोभोको २।६ प्रतिशत, एलजीको २।२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ । त्यस्तै रियलमीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०।८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
एजेन्सीको सहयोगमा @onlinekhabar
विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।
‘म्यासेन्जर रुम’ नाम
काठमाडौं । नेपाल टेलिकमले लकडाउनको समयमा निःशूल्क सेवा दिने भएको छ ।
कम्पनीले वितरण गरेका सिम कार्डमा ब्यालेन्स न्युन भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा
४ वैशाख,पर्सा – बिरगंज कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर मेसिन बिरगंज ल्याइएको छ । तर अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।
प्रदेश–२ सरकारले बिरगंज को
ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।
सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई
एप्पल र गुगल कम्पनि मिलेर कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएमा अलर्ट गराउन सक्ने प्रविधीको बनाउने भएका छन्। दुबै कम्पनिले संयुक्त रुपमा यस्तो प्रविधीको विकास गर्न लागेका हुन् जसले कुनै ब्यक्ती कोरोना भाइरस संक्रमण भएको ब्यक्तिको सम्पर्कमा
काठमाण्डाै । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ ।
कारोबार दैनिकका अनुसार चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) को विरोधमा उत्रिएका
काठमाडौँ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ ।
नेपालमा पछिल्लो समय
एजेन्सी । ब्याक्टेरिया भन्ने बित्तिकै हामी डरलाग्दा रोहरुबारे कल्पना गरेर तर्सन थाल्छौ । किनभने, टाइफाइ, हैजा, कुष्टरोग,प्लेग, टी।बी।, डिप्थेरिया, निमोनिया, लगायत अन्य धेरै खतरनाक रोगहरु र समस्याहरु ब्यकटेरियाकै कारण हुन्छन् । त्यसैले ब्यक्टेरियाको नाम सुनेर हामी
काठमाण्डौ । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको थियो । उक्त अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाएको छ ।
डा.
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक आफैंमा ठूलो संसार हो । २ अर्बभन्दा बढी प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ ।
२ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक