• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • Uncategorized
  • पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
Uncategorized

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

  • ishwor सोमवार, साउन ६, २०७६ | July 22, 2019
Bishwokarma5

काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।
पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट,

Real Shoes 1

चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
यसवर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
रासस

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
बैँक / वित्त
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
आइतबार थप १,०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङको गजुरी बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण

  • १३ घन्टा अघि
हिपत खबर
बलिउड / हलिउड
अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण

बलिउड अभिनेताद्वय अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण भएको छ ।

अभिनेताद्वय अर्जुन र नील नितिन दुवैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाकारी दिएका हुन् । नील नितिन मुकेस एक्लै नभई उनका

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
हरिद्वारबाट स्वदेश फर्कंदा पूर्व श्री ५ को भब्य स्वागत

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत प्रस्थान गर्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किनुभएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह स्वदेश फर्किनुभएका पूर्व श्री ५ को स्वागतका लागि

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा निर्माणाधीन पुल हुरीले उडायो

धादिङ । शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
विद्यालयका शिक्षकमा कोारेना देखिएपछि काठमाडौंको रत्नराज्य मावि बन्द

काठमाडौँ– शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय बन्द भएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको हो ।

विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
साताको पहिलो दिन शेयर बजारमा पहिरो , ३६ अंकले आरोलो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल झरेको छ ।

यस अघि गत बिहीबार नेप्से परिसूचक

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
देउवाले पुन भने - प्रधानमन्त्री बन्न लालायित छैन्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका

  • १६ घन्टा अघि