• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख १०, २०७८ | Friday 23rd April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • समाचार
  • नासाको ऐतिहासिक सफलता मंगलग्रहमा ‘मार्स इन्साइट’ अवतरण
समाचार

नासाको ऐतिहासिक सफलता मंगलग्रहमा ‘मार्स इन्साइट’ अवतरण

  • ishwor मङ्लबार, मंसिर ११, २०७५ | November 27, 2018
yoho2

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ ।
उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको पहिलो तस्बिर पठाएको नासाले जनाएको छ । ‘मार्स इन्साइट’को मुख्य लक्ष्य रातो ग्रहका रुपमा परिचित मंगलग्रहको भित्रि तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।
मानवरहित उक्त अन्तरिक्ष

Real Shoes 1

यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको मंगलग्रहमा अन्तरिक्ष यान पु¥याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकले खुशीयाली मनाएका छन् ।
सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो । यसअघि मंगलग्रहमा पुग्न ४३ भन्दा बढीपटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्नसमेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणसमेत जडान गरिएको छ ।
यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकको अपेक्षा छ । नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूले मंगलग्रहको यात्रालाई सामान्यरुपमा कहिल्यै नलिएको चर्चा गर्दै यो साँच्चिकै कठिन यात्रा भएको बताएका छन् ।
मंगलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समयअनुसार बिहान ११ बजेर ४७ मिनेटमा सुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।
बन्दुकको गोलीभन्दा तीव्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहेको उक्त यानलाई मंगलग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुले अनुमान गरेका थिए ।
वायुमण्डलस“गको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्ने र रेडियो संकेतसमेत केही समय अवरुद्ध हुने नासाको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले मंगलग्रहको यात्रामा प्राप्त सफलताका लागि नासाका वैज्ञानिकहरुलाई बधाई दिएका छन् । लस एन्जलस

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पीसीआर पोजेटिभ भएकाहरूले नेगेटिभ रिपोर्ट बनाउँदै धमाधम उडान

पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
व्यापक विरोधपछि पुलमा लगाइएको कर हटाइयो

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली कस्मेटीक बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति ४० लाख धरौटीमा छुटे

 काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं छोड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भिड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
भरुवा बन्दुकसहित एक पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हटाइने

काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
अज्ञात स्रोतद्वारा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक

मिडिया अलायन्स नेपालको सदस्य सञ्चार ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको छ । विहीबार मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रेस विज्ञप्ती जारी गर्दै अज्ञात स्रोतद्वारा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको जानकारी गराएका

  • ९ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ ? उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

घाटमा पनि मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन आग्रह

नयाँ भेरियन्टसहितको कोरोना प्रकोप बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने

  • ९ घन्टा अघि