रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पा कर्णाली प्रदेशमा पर्ने एक बिकट अनि पिछडिएको जिल्ला हो। डोल्पालाई कर्णालीको कर्णाली भन्दा पनि खासै फरक नपर्ला। भौगोलिक हिसाबमा नेपालकै ठूलो जिल्ला हो डोल्पा तर नझुक्किनु होला विकास समृद्धिका हिसाबमा चाँही नेपालमै पछि परेको जिल्ला भन्दा कोही डोल्पाली महापुरुषको मन दुख्ने कुरै छैन्।
हिजो पञ्चायतकालमा डोल्पामा पचास साठी, दुईसय रुपैयाँले थुप्रै विकास हुन्थ्यो। त्यो बजेटले भिर छिचोलेर घोरेटो बाटो खनिएका थिए। सुख्खा जमिन भिजाउनका लागि ढुङगा–जाप्ला काटेर नहर कुला
खनिएका थिए। ती विकासले सर्वसाधारण सन्तुष्ट थिए। तलको माटो माथि माथिको माटो तल गरेरै जीवन गुजारा गरेकै थिए। अझैपनि पञ्चायतकालिन विकासले समृद्ध नेपालका नागरिकको मुख रुजेको छ। पेट भरिएको छ।
एक ठाँउबाट अर्को ठाँउको यात्रामा पाईला रोकिएको छैन्। पञ्चायत कालमा भलै शासक सोचका मान्छे थिए तर विकास निर्माण आफ्नै लागि हो सोच्थे। आएको बजेटको सहि सदुपयोग हुन्थ्यो। केही पैसा नाफाखाने कुरा आफ्नो ठाँउमा थियो तुलनात्मक रुपमा अहिलेका शभ्य अनि विकास प्रेमी महानुभावहरुकालागि सयौँ गुणा कम हो।
हिजो पञ्चायतकालदेखि डोल्पाको नेतृत्व बिभिन्न शासक वर्गको हातमा पुग्यो। राजनितिक बाजा बजाउन उनीहरु निक्कै सिपालु थिए। अहिलेका नेतृत्व अझ बढी माहिर छन्। डोल्पालीलाई आफ्नै घरमा भएको मादलले चाच्न मन लाग्दैन् अझै पनि अर्काको घरमा भएको गितार खोज्नु डोल्पालीको नयाँपन हो।
जुन कुराको ज्वलन्त उदाहारण डोल्पाली जनताको भारी जनमत पाएर निर्वाचित पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले राजिनामा गरेर उप–निर्वाचन गर्दै आयातित अस्वीकृत नेता बामदेब गौतमलाई चुनाव लडाउने भन्ने कुरा पनि होे। यदि साँचो हो भने डोल्पाली स्वाभिमान माथि कालो दाग लगाउने प्रयास नहोस् जनमतको अनाधार गर्ने अधिकार कसैलाई छैन्।
हिजोदेखिनै नेतृत्वले डोल्पालीलाई आफ्नै तालले नचाई दिए। डोल्पालीहरु जनताहरु पनि जाँख पाखुरै सिमल्दै खुबै रमाए। नाच्नका लागि वल्ला पल्ला घरका छिमेकी तानेर ठूलै समूहमा नाच्ने बानी पारे। त्यतिमात्रै होईन् डोल्पालीलाई पल्ला घरका काकाले गाएको गीतको सुरुताल अझै सकिएको छैन्। रहर अझै मरेको छैन्। अझै हामी नाच्दै छौँ।
यो पञ्चायतकालिन संस्कार हो। त्यतिमात्र होईन् शासक वर्गबाट तक्मा पाउन पनि छाडेका छैनौँ। कहिले भेडाको त कहिले चारखुट्टे जनावरको। यो हाम्रै मिहेनतको फल थियो। अन्धभक्तिको पराकाष्ठ थियो। जो कायम भईराख्यो। अझै कायम हुन्छ कि भन्ने ठूलो चिन्ता छ। मैले पटक–पटक भने गरेको छु डोल्पामा विकास भएन्, शुसासन छैन्, पारदर्शीता छैन्, हाम्रा नेतृत्वले के गरे रु जोशिला युवाहरु कता गए रु यो कुरामा म मात्रै होईन् डोल्पाली जनता राम्रैसँग जानकार छन्।
केबल स्वार्थको माड लागेर मुख बन्द भएको मात्रै हो। जबसम्म शासक वर्गले लगाईएको क्षणिक स्वार्थरुपी गुलामीको माड खुल्दैन् तबसम्म डोल्पामा विकासको परिकल्पना गर्न मुश्किलै पर्ला। नेतृत्व वर्गलाई पक्कै नराम्रो लाग्ला, खाली बारम्बार विकास भएन भन्दा तर म एक सचेत युवाको हैसियतले बारम्बार भनेर पनि थाक्ने छैन लेखेर पनि थाक्ने छैन।
डोल्पा समृिद्धको सवालमा विकास भन्ने कुरा जादुगरको छु मन्तरे छडि पक्कै होईन्, छु मन्तर भन्ने बित्तिकै बाटो घाटा खुल्ने, पहर भुट्ने, हस्पिटल, स्कुल ठडिदैनन्। तर विकास भएको छ भन्नु त्यो पनि होईन्। पञ्चायतकालदेखि लोकतन्त्र हुँदै गणतन्त्र आउन्जेलसम्म थाप्लोमा नाम्लो नछुट्नु, गुणस्तरीय शिक्षा लिन तराँई झर्नु, सिटामोल नपाएर ज्यानै गुमाउनुपर्ने, शासकको शासनको सामन्तको भारी सँधै बोकिरहनु पर्ने। देशमा बिभिन्न व्यवस्था फेरिए पनि नियती फेरिएन।
डोल्पाले पनि थुप्रै नेतृत्व फेर्यो तर डोल्पालीको दुर्गमता फेरिएन। दैनिकी फेरिएन्। दुखका दिन गएनन्। अहिले पनि खानेपानीको अभावमा काकाकुल छन् कतिपय बस्तीहरु। सामान्य उपचार नपाएरै मनुपर्ने स्थिति अझै विद्यमान छ। दुखलाग्छ नेतृत्वहरुको उदासिनताप्रति।
जनताप्रति उत्तरादायित्व पुरा नगरेको देख्दा। हिजो पनि राज्यसँग बोलेनन् डोल्पालीको आवाज। रैवारै भएरपनि पु¥याएनन् डोल्पालीको दुख पीडा। त्यो जिम्मेवारी कसको हो नेतृत्वहरु यो प्रश्न तपाईहरुलाईरु के विकास भनेको गिद्धले भेटाएको सिकार जस्तै हो मनपरि तरिकाले लुछाचुँडी गरेर विकास खानु होरु
के विकास भनेको उपभोक्ता समिति बन्न हानाथाप गर्नु होरु यहि कुरा सिकाईयो डोल्पालीलाई। विकास ल्याउने उपभोक्ता समिति बनाउने कमिशन खाने। यो हिजोदेखिकै संस्कार हो। यहि कुरा सिकाईयो डोल्पामा। यस्ता कुराको छाप अमिट रुपमा डोल्पाली माझ रहिरह्यो। के लोकतन्त्रमा विकास भनेको हप्तांै एअरपोर्टमा जहाज कुर्नु होरु के विकास भनेको एउटै व्यक्ति चारवटा उपभोक्ता समितिमा बसेर बजेटको दुरुपयोग गर्नु होरु
यहिनै सिकेका छन् डोल्पालीले यहिँ संस्कार सिकाएका छन् नेतृत्व अनि जनप्रतिनिधिले। विकास भनेको कुनै ठाँउ क्षेत्रको सकरात्मक परिवर्तन हुनु हो। जनताको दैनिकीमा सहजता आउनु पनि विकासनै हो। त्यो हुन सकिरहेको छैन्। मैले नेतृत्वलाई के भनेको छु भने डोल्पालाई सपनाको स्वीजरल्याण्ड नबनाउ। समृद्धि सपनाको आश्वासन नदेउ। डोल्पालाई डोल्पाकै हैसियतमा राख। गाँउ–गाँउमा कर्मचारी पठाई देउ। सिटामोलको राम्रो व्यवस्था गरिदेउ, एक अर्काबिच हेलो भन्न कुना कन्दारामा मोवाईल टावर राखिदेउ, एकठाँउबाट अर्को ठाँउमा जान बाटोको व्यवस्था गरिदेऊ।
आफ्नो र परिवारको मुखमा माड लगाउन सँधैभरी थाप्लोमा नाम्लो र पिठ्युमा भारी बोक्ने अवस्था हटाईदेउ रोजगारीका अवसर सिर्जना गरिदेऊ। हाम्रा लागि यहि विकासनै विपनाको स्वीजरल्याण्ड हुनेछ। यो भन्दा अगाडी के भन्न चाहन्छु भने डोल्पामा बजेट पार्ने होटबाजी नगरी देऊ किनकी बजेट खन्याएर मात्रै विकास हुने भए, हिजोदेखि अहिलेसम्म खर्बौं बजेट डोल्पा विकासका लागि बिनियोजित भईसकेको छ तर ५ प्रतिशत पनि विकास हुन सकेको छैन्।
यो कुरा मैलै आरोपमात्रै लगाएको होईन्, यथार्थ हो। हिजोको डोल्पा र अहिलको डोल्पा नियालेका अग्रजहरुलाई सोध्नुस् डोल्पामा कति विकास भयो भन्ने हकमारु जनता अब मान्नेवाला छैनन्। मन्त्री, सांसद नेता, जनप्रतिनिधिनै हुनुस्। तपाँईहरुलाई जनताले नै जिताएका हुन्। विकासको आसाले जिताएका हुन्। जनताका आशा अपेक्षा पुरागर्ने या नगर्ने तपाईहरुकै हातमा छ। उनीहरुको विकास र समृद्धिको सपना पुरा गर्ने कि नगर्ने तपाईहरुकै हातमा छ।
यस वर्ष पनि डोल्पामा थुप्रै विकास आएको छ। कर्णाली प्रदेशमा सबैभन्दा धेरै बजेट डोल्पामा पारियो भन्दै संसदमा बिरोध समेत भएको थियो। सबैभन्दा धेरै बजेट आउनु हामी डोल्पालीको लागि चरम खूशीको कुरा हो। तर हाम्रो खूशी त्यतिबेला हुनेछ। जब बजेट आए अनुसारको विकास, बजेटको रकम सहि सदुपयोग हुनेछ। विकास निर्माण कार्यले गति लिनेछ। बजेट ल्याएपछि विकास पनि गर्नुस। जनताका समस्या बुझ्नुस्। कार्यकर्तामूखी विकास नर्गनुस् नेता ज्युहरु।
स्थायीय सरकार प्रमुख ज्युहरु। यसैमा खूशी अनि सन्तृष्टि हुनेछन् डोल्पाली जनताहरु। यि र यस्तै कार्यले तपाँईको लोकप्रियताको बिजारोपण हुनेछ। तपाँईको चर्चा परिचर्चा देश विदेशमा हुनेछ। संघियताका स्थानीय सरकारलाई पनि केही भन्न चाहन्छु। अहिले डोल्पामा स्थानीय सरकार प्रमुखहरुले बिभेदपूर्ण तरिकाले विकास गरेका भन्ने जनगुनासाहरु आउन थालेका छन्।
विकास बाँडफाडमा पनि राजनीति हुन्छ भन्ने कुरा आईरहको छ। पहुँचको गन्ती हुन्छ गरे स्थानीय सरकारको विकासमा भन्ने कुरा पनि नसुनिएका होईनन्। बिपक्षी जनताका गुनासा सुनिँदैन् भन्ने गुनासा पनि थुप्रै आएका छन्। जनप्रतिनिधि नेता होईन् शासक भएका छन्। यो राम्रो पक्ष पक्कै होईन्। यिनै दिन देखाउन तपाँईहरुलाई जनताले जिताएका होईनन्।
यसैलाई भनिँदैन सिँहदरवार गाँउ गाँउमा आएको। सबै जनतालाई समान रुपले हेर्नुस् समानुपातिक विकास गर्नुस्। जनताको सेवा प्रवाह चुस्त दुरुस्त पारिदिनुस् त्यसैमा स्थानीय सरकारको भलाई छ।
जिल्लाका केही स्थानीय तहमा भोट हाल्ने कार्यकर्ताका लागि मात्रै बजेट छुट्याएको देख्दा सुन्दा अचम्म लाग्छ। आफ्ना पक्षका मात्रैको कुरा सुन्ने गरेका गुनासा पनि चौतर्फी आईरहेका छन्। यो राम्रो पक्ष होइन्। यदि यसो हो भने जनता आफैले तपाईहरुको पतनको बाटो पक्कै खन्ने छन्। स्थानीय सरकार यस्तै दिन देखाउन गठन भएको त पक्कै होईन् होला। होईन भने आवश्यकतामूखी विकास होस्।
समानुपातिक विकास होस्। यहि डोल्पाली जनताको माग हो। जनताहरु नेतृत्वहरुबाट विकासको आशा गर्दै धेरै थाकिसके। धेरैको आशा निराशामा परिणत भईसक्यो कतिपय अवसरबादीहरु बिरोधको बाजा बजाउँदै डोल्पालीको बिचारमाथि पनि प्रश्न चिन्ह खडागर्न थालिसके भ्रष्टाचार मौलाउँदै गएको छ।
जिल्लामा विकास शुशासन दिउँसै लाल्टिन बालेर खोज्नुपर्ने स्थिति छ। तर हामी जनता गुमनाम छौँ। हामै्र अगाडि विकास निर्माण कार्यहरु अलपत्र परेका छन्। जनताको कुलो खन्ने पैसाले टाठा बाठा भनाउँदाहरुको भुँडी फुलिसक्यो। खेतबारीहरु सुक्का छन्। बारम्बार विकासको आश्वासन पाउँछौँ। ती कहिल्यै पुरा भएनन्।
हामी टुलुटुल हेर्न बाध्य छौँ। कहिलेकाँही लाग्छ हामी डोल्पाली संसारकै सहनशील सबैभन्दा धेरै सहनशील जस्तो लाग्छ। हामी युवाहरु, जनताहरु, बुद्धीजीवी, समाजसेवीहरु समाजका भ्रष्ट, शोषक अनि झुटका खेती गरेर जनतालाई दास सोच्नेहरुलाई किन नाङ्गेझार पार्न सक्दैनौँ। यिनीहरुलाई किन अदालतमा उभ्याउन सक्दैनौँ।
सजायको भागीदार किन बनाउन सक्दैनौँ। यहि कारणले हामी सम्मानित छौँ। बेलाबखतमा बिभिन्न बिधामा तक्मा पाई राखेका छौँ। कहिले काँही डोल्पाली जनताको सहनशीलता देखेर गर्भ लाग्छ। यतिसम्म झुकेका छौँ कि झुक्दा झुक्दा मुन्टै भाँचिन लागे पनि थाहाँ पाउदैनौँ। हाम्रै भाग लगाईएको भात खोसेर लग्दा पनि चुपचाप हुन्छौँ।
हाम्रो यस्तै सहनशीलता कायम भईराख्ने हो भने एक अवश्य डोल्पालीको नाम विश्व रेकर्डमा लेखिनेछ। विश्वकै सहनशील नागरिक डोल्पाली जनता भनेर। अब यस्तो नहोस् डोल्पामा। तीब्र विकास भएको खबर सुन्न पाईयोस्। अखवारहरुमा डोल्पाकै विकास र समृिद्धको विषयमा पढ्न पाईयोस्। भ्रष्टाचार र कुशासनका बिरुद्ध आवाज निस्केको सुन्न पाईयोस्।
युवा वर्गहरुले आफ्नै सीप क्षमतामा र बल बुतामा बिश्वास गरेको बुझ्न पाईयोस्। आफू आफ्ना सन्तति बिरुद्ध विकासका कुरा एकादेशमा थन्क्याउने कुरा सुन्न नपाईयोस्। आफ्नै गाँउठाउँको विकास बिरुद्ध औँला उठाउँदै परिवर्तनका बाहक युवाहरुलेनै नेतृत्वको गलत पक्षका ढाकछोप गरेर अन्धो भक्ति गरेको देख्न सुन्न नपाईयोस्।
नेताहरुले पनि सपनाको स्वीजरल्याण्डको सपना होईन् बिपनाको आधुनिक डोल्पा निर्माण गरेको देख्न पाईयोस्। शुशासनयुक्त विकासनै डोल्पाली जनताको चाहाना हो। अहिलेलाई यत्ति नै लेख्छु। डिसी नेपालबाट साभार।
पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ
अभिषेक श्रेष्ठ । राजनीति पारदर्शी हुन्छ , राजनीति निष्पक्ष हुन्छ र राजनीति पवित्र पनि हुन्छ। तर, नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकीर्तनको रछ्यान बनाइयो।
सरकार, यो लकडाउनमा मलाई भाइरसले भन्दा भोकले मर्ने डर छ।
एनसेलको लोन लिएर कामको पैसा माग्न ठेकेदारलाई फोन गर्दा लकडाउन छ भन्छ।
पुलिसको डण्डाले ढाँड सेकाएर रासन लिन जाँदा साहुले अब महँगी लाग्यो उधारो हुँदैन
राजु नेपाल
आर्थिक वर्ष २०७६-०७७ को बजेट आयो, बैंक मर्जरको हल्ला ल्यायो। मौद्रिक नीतिमा के आउला भनेर बैंकिङ क्षेत्रले कुर्यो। अहिले मौद्रिक नीति पनि आइसकेको छ।
अब छलफल र निश्कर्ष निकाल्ने बेला भयो-के मौद्रिक नीतिले बैंक
प्रकाश धौलाकोटी
तेह्रथुम–हिउँदयाम शुरु भएसँगै किसानलाई बालीनाली थन्काउन र हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले धान, अलैँची, अम्लिसोलगायत बाली उठाउँदैछन् भने मकै छर्ने,
त्रिविक्रम कुँवर
भोलि असोज ३ गते संविधान नामको धान दिवस मनाईदैछ तर एकताका कोरिया चामल निर्यात गर्ने कृषि प्रधान देश नेपाल प्रजातन्त्र आए देखि लोकतन्त्र आईपुग्दा सम्म चामल बंगलादेशबाट आयात गर्ने अवस्थामा पुगेकोछ तर
भूमिराज पिठातोली
प्रिया, चारैतिर तीजको लहर चलेको छ। यसै तीजमा तिमी पनि अनेक सपना बोकेर उपवास बस्ने निधो गरिरहेकी छौ हौली। विशेष गरी मेरो आयु लामो हुने र हाम्रो जीवन खूशी हुने सपना
भूमिराज पिठातोली
काठमाडौं। नेपालमा सबैभन्दा सस्तो र लोभलाग्दो कुरा भनेको ‘भाषण’ होला। त्यसपछिका सस्ता भनेका जनता हुन्। ‘भाषण’ जता, जे, जसरी गरेपनि हुन्छ, त्यस्तै जनतालाई जता, जसरी चलाए पनि भयो। आखिर सस्तै छन्। सन् १९८१ मा
गत वर्ष डोटी जिल्लाको एक गाउँमा एक जना समलिङ्गी पुरुषलाई स्थानीय २ जना महिलाले जवरजस्ती करणी नै गरे । ती पुरुषलाई सर्वाङ्ग नाङ्गो पारेर यातनाका दिदै दुव्र्यवहार
वीनकिशोर गैह्रे
केही पहिले “स्मार्ट कार्ड” को माध्यमबाट भाडा भुक्तानी गर्ने प्रणाली ल्याएको साझा यातायातले यात्रुहरुलाई आप्mना बस कहाँ पुगे भनेर थाहा दिने मोबाइल एप्लिकेशन हालसालै सार्वजनिक गरेको छ । यस्ले यात्रुहरुलाई साझा बस