• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शनिबार, फाल्गुन २२, २०७७ | Saturday 6th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • बिचार
  • सूचना-प्रविधिमा अबको परिवर्तन– ‘इन्टरनेट अफ थिंग्स’
बिचार

सूचना-प्रविधिमा अबको परिवर्तन– ‘इन्टरनेट अफ थिंग्स’

  • ishwor आइतवार, अशोज १, २०७४ | September 17, 2017
Bishwokarma5

वीनकिशोर गैह्रे

केही पहिले “स्मार्ट कार्ड” को माध्यमबाट भाडा भुक्तानी गर्ने प्रणाली ल्याएको साझा यातायातले यात्रुहरुलाई आप्mना बस कहाँ पुगे भनेर थाहा दिने मोबाइल एप्लिकेशन हालसालै सार्वजनिक गरेको छ । यस्ले यात्रुहरुलाई साझा बस कुर्दा समय ढिलो हुने रहेछ भने अन्य विकल्पको प्रयोग गर्ने सुविधा दिनुको साथै साझा बसकै अनुगमन पनि सजिलो हुने भएको छ । नेपालको यातायात क्षेत्रमा यो एउटा ठूलै फड्को हो ।
कार्यालय जाँदा घरमा टीभी वा बत्ती बन्द गर्न बिर्सियो भने मोवाइल फोनको

Real Shoes 1

एउटा एप्लिकेसनको माध्यमबाट कार्यालयबाटै सो टीभी वा बत्ती बन्द गर्न सकिन्छ । यस्ता धेरै साधन बजारमा आइसकेका छन् ।
अब कल्पना गरौं, भान्छाको फ्रिजभित्र कुनै सामान सकियो भने सोही फ्रिजले नै पसललाई सकिएको सामानको अर्डर गरिदिन्छ र पसलबाट पनि कुनै स्वचालित यन्त्रको माध्यमबाट सो सामानको डेलिभरी हुन्छ । त्यस्तै कतै जाँदा कारबाट ओर्लेपछि मोबाइल फोनको एउटा बटन थिचिदिए सो कार आफैं ग्यारेजमा गएर पार्क हुन्छ र आवश्यकता पर्दा त्यसरी नै ग्यारेजबाट आप्mनो सामुमा आइदिन्छ । यस्तो भइदिए हाम्रो जीवन कस्तो हुन्थ्यो होला ? यी त केही उदाहरणमात्र हुन् । तत्कालका लागि नेपालमा कल्पनामात्र गर्न सकिने यी उदाहरण पनि साझा बस कहाँ आइपुग्यो भनेर थाहा पाएजस्तै वास्तविक दुनियामै सम्भव हुनेछन् ।
 के हो इन्टरनेट अफ थिंग्स ?
सुरुमा कम्प्युटरको संजालका रूपमा रहेको इन्टरनेट, सामाजिक वेब पनि भनिने वेब २.० को विकास पश्चात व्यक्तिहरूको संजाल भइसकेको छ । तर, यस्को विकास यत्तिमै सीमित छैन । मानव जीवनमा दैनिक प्रयोग गरिने कार, फ्रिज, एसी, पंखा, टीभी, बत्ती, चुलो, भवन, कपडाजस्ता वस्तु पनि एकापसमा जोडिएर तथ्याङ्क वा सूचना आदानप्रदान गर्न सक्छन । यस्तै भौतिक चीज आपसमा जोडेर बनाइएको सञ्जाल नै इन्टरनेट अफ थिंग्स हो । नेपालमा अहिले निकै चर्चामा रहेको स्मार्ट सिटीको त यो मेरुदण्ड नै हो ।
यो सञ्जालमा जोडिने हरेक वस्तुको “आईपी एड्रेस” भनिने आफ्नो निजी पहिचान हुन्छ । बिजिनेस इन्साइडरले सन् २०२० सम्ममा २४ अर्बभन्दा बढी उपकरण इन्टरनेट अफ थिंग्समा जोडिने अनुमान गरेको छ । यसको लागि करिब ६ अर्ब डलर लगानी हुने र त्यसले सन् २०२५ सम्ममा करिब १३ खर्व डलर उत्पादन गर्ने जनाइएको छ । त्यसैले अबका केही वर्षमा अर्थतन्त्रको ठूलो हिस्सा इन्टरनेट अफ थिंग्सले लिने निश्चित छ ।
इन्टरनेट अफ थिंग्स सूचना आदान प्रदान गर्न सक्ने वस्तुहरू, २ जी र ३ जीजस्ता सञ्जाल, इन्टरनेट र “क्लाउड” मिलेर बन्छ । यस्मा “पर्सेप्सन लेयर”, “नेटवर्क लेयर” र “एप्लिकेसन लेयर” गरेर तीनवटा तहमा काम हुन्छ । पर्सेप्सन लेयरमा विभिन्न तथ्याङ्क वा सूचना संकलन गर्न प्रयोग गरिने “सेन्सर” रहेका हुन्छन । नेटवर्क लेयरले पर्सेप्सन लेयरबाट तथ्याङ्क वा सूचना संकलन गर्ने र एप्लिेकेसन लेयरको लागि प्रशोधन गर्ने काम गर्छ । एप्लिेकेसन लेयरले प्रयोगकर्ता र इन्टरनेट अफ थिंग्सको बीचमा सेतुको काम गर्छ ।
इन्टरनेट अफ थिंग्सले परिचालन लागत कम, कार्यक्षमता बृद्धि र बजार व्यापकरूपमा विस्तार गराई मानव जीवन शैलीनै पूरै परिवर्तन गर्ने भए पनि सिक्काको अर्को पाटो भएझैं केही  चुनौतीको सामना पनि गर्नुपर्नेछ । धेरै वस्तु एकापसमा जोडिँदा बन्ने जटिल सञ्जालमा सञ्चार गर्न खोजिएको वस्तुको पहिचान र पहुँच व्यवस्थापन गर्नु पक्कै सजिलो हुनेछैन । अति धेरै वस्तुलाई सञ्जालमा जोड्दा सुरक्षा प्रबन्ध बलियो भएन भने तथ्यांक चोरी हुने वा वस्तुहरू सजिलै “ह्याक” गरिन सक्ने र गोपनीयता नरहने जोखिम सधँैंं रहिरन्छ । सञ्जालमा जोडिएका त्यति धेरै वस्तुले संकलन गर्ने तथ्यांक वा सूचनाको प्रशोधन र प्रयोग र पनि उत्तिकै जटिल हुनेछ । तर विज्ञानको धर्म नै हो चुनौतीलाई चिर्दै निरन्तर प्रगतिको पथमा लम्किने ।
नेपालमा के गर्न सकिन्छ ?
अहिलेको इन्टरनेट भविष्यमा इन्टरनेट अफ थिंग्समा रूपान्तरित हुने त निश्चितै छ । नेपाल पनि सूचना प्रविधिमा हुने यो परिवर्तनबाट अछुतो रहनेछैन । अन्तर्राष्ट्रिय बजारमा आइसकेका इन्टरनेटमा जोड्न सकिने र स्वचालित ट्रयाक्टरहरू नेपालमा प्रयोग गर्ने हो भने कृषकको समय बचत हुनुका साथै अन्य धेरै लाभ लिन सकिन्छ । पदयात्रा वा हिमाल आरोहणका लागि नेपालमा आउने पर्यटकहरू विभिन्न कारणले हराउने र कतिपयको त खोजीसमेत हुन नसकेका धेरै नमीठा उदाहरण छन ्। इन्टरनेट अफ थिंग्सका माध्यमबाट पर्यटकलाई “ट्रयाक” गर्न सकिने पद्धतिको प्रयोग गरेर यस्ता घटनालाई कम गर्न सकिन्छ । यसप्रकार खेती र पर्यटनजस्ता नेपालमा प्रचूर संभावना भएका क्षेत्रले यो प्रविधिबाट उल्लेख्य लाभ हासिल गर्न सक्छन ।
करिब दई दशकअगाडि नेपालका गाउँबाट विदेशमा रहेका कसैसँंग भिडियो कल गर्न सकिन्छ भन्दा जति अपत्यारिलो लाग्थ्यो अहिले इन्टरनेट अफ थिंग्सको चर्चा त्यस्तै हुन सक्छ । तर, कुल जनसंख्याको ५९ प्रतिशत जतिले इन्रनेट प्रयोग गर्ने देश नेपालमा इन्टरनेट अफ थिंग्सलाई ग्रहण गर्ने तयारी सुरु गर्ने बेला भइसकेको छ । माथी उल्लेख गरिएको साझा बसको उदाहरण, विद्युत् र टेलिफोनजस्ता सेवाको अन्लाइन भुक्तानीको प्रबन्ध, स्मार्ट लाइसेन्स र पासपोर्ट, लोकसेवा आयोग र केही शिक्षण संस्थामा गरिएका अन्लाइन फारम भर्ने व्यवस्था र अन्य धेरै सरकारी तथा गैरसरकारी संस्थाहरुले सुरु गरेका अन्लाइन सेवा प्रवाहले यही दिशाको संकेत गरेका छन् । यी पहलहरूको साथमा निजी तथा सरकारी क्षेत्रबाटै अरू धेरै गर्न आवश्यक छ ।
नेपालमा इन्टरनेट अफ थिंग्सलाई अपनाउने र सोही अनुकूलको वातावरण सिर्जना गर्नेगरी नीति निर्माण तुरुन्तै गर्नुपर्छ । नयाँ पूर्वाधारहरूलाई इन्टरनेट अफ थिंग्सको सञ्जालमा जोड्न सकिने गरी निर्माण गर्नु अर्को आवश्यक कार्य हो । यस प्रविधिले श्रम बजारमा के परिवर्तन ल्याउँछ ? भविष्यका जनशक्तिमा के कस्ता ज्ञान वा सीप आवश्यक हुन्छ ? गहिरो खोज गरेर शिक्षा प्रणालीलाई सोहीअनुसार अद्यावधिक गर्नुपर्छ ।
इन्टरनेट अफ थिंग्सले समाजमा ल्याउने सकारात्मक परिवर्तनलाई बुझेर त्यसलाई ग्रहण गर्ने दिशामा गम्भीरतापूर्वक लाग्ने हो भने अहिले असम्भव जस्तो लाग्ने जीवन पद्धति हाम्रै पालामा देख्न भोग्न पाइनेमा द्विविधा छैन ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
राष्ट्रको अस्तित्व-रक्षा सहमतिबाट मात्रै सम्भव हुने पूर्व श्री ५ को धारणा

पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ

  • २ हप्ता अघि
हिपत खबर
बिचार
तरुण युवा सदभाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठको राजनीतिक दृष्टिकोण !!

अभिषेक श्रेष्ठ । राजनीति पारदर्शी हुन्छ , राजनीति निष्पक्ष हुन्छ र राजनीति पवित्र पनि हुन्छ। तर, नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकीर्तनको रछ्यान बनाइयो।

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
म रुन पाँउछु कि पाउँदिन सरकार ?

सरकार, यो लकडाउनमा मलाई भाइरसले भन्दा भोकले मर्ने डर छ।
एनसेलको लोन लिएर कामको पैसा माग्न ठेकेदारलाई फोन गर्दा लकडाउन छ भन्छ।

पुलिसको डण्डाले ढाँड सेकाएर रासन लिन जाँदा साहुले अब महँगी लाग्यो उधारो हुँदैन

  • ११ महिना अघि
हिपत खबर
बिचार
मौद्रिक नीतिले बैंक ‘मर्जर’लाई कति सघाउँछरु

राजु नेपाल

आर्थिक वर्ष २०७६-०७७ को बजेट आयो, बैंक मर्जरको हल्ला ल्यायो। मौद्रिक नीतिमा के आउला भनेर बैंकिङ क्षेत्रले कुर्‍यो। अहिले मौद्रिक नीति पनि आइसकेको छ।

अब छलफल र निश्कर्ष निकाल्ने बेला भयो-के मौद्रिक नीतिले बैंक

  • २ years अघि
हिपत खबर
बिचार
आरन व्यवसाय संकटमा

प्रकाश धौलाकोटी
तेह्रथुम–हिउँदयाम शुरु भएसँगै किसानलाई बालीनाली थन्काउन र हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले धान, अलैँची, अम्लिसोलगायत बाली उठाउँदैछन् भने मकै छर्ने,

  • २ years अघि
हिपत खबर
फिचर न्युज 1
असोजमा पाक्ने र गरिब पाल्ने धान हो, कुन धान दिवस मनाऔ

त्रिविक्रम कुँवर

भोलि असोज ३ गते संविधान नामको धान दिवस मनाईदैछ तर एकताका कोरिया चामल निर्यात गर्ने कृषि प्रधान देश नेपाल प्रजातन्त्र आए देखि लोकतन्त्र आईपुग्दा सम्म चामल बंगलादेशबाट आयात गर्ने अवस्थामा पुगेकोछ तर

  • २ years अघि
हिपत खबर
बिचार
प्रिया, मेरो लागि उपवास नबस !

भूमिराज पिठातोली

 

प्रिया, चारैतिर तीजको लहर चलेको छ। यसै तीजमा तिमी पनि अनेक सपना बोकेर उपवास बस्ने निधो गरिरहेकी छौ हौली। विशेष गरी मेरो आयु लामो हुने र हाम्रो जीवन खूशी हुने सपना

  • २ years अघि
हिपत खबर
बिचार
नेपालीले नै बनाउँन सक्छन् पश्चिम सेती परियोजना

भूमिराज पिठातोली

काठमाडौं। नेपालमा सबैभन्दा सस्तो र लोभलाग्दो कुरा भनेको ‘भाषण’ होला। त्यसपछिका सस्ता भनेका जनता हुन्। ‘भाषण’ जता, जे, जसरी गरेपनि हुन्छ, त्यस्तै जनतालाई जता, जसरी चलाए पनि भयो। आखिर सस्तै छन्। सन् १९८१ मा

  • २ years अघि
हिपत खबर
बिचार
बलात्कारी पुरुषको ‘लिङ्ग’ काट्ने भए बलात्कारी महिलाको के काट्ने ?

भूमिराज पिठातोली

 

गत वर्ष डोटी जिल्लाको एक गाउँमा एक जना समलिङ्गी पुरुषलाई स्थानीय २ जना महिलाले जवरजस्ती करणी नै गरे । ती पुरुषलाई सर्वाङ्ग नाङ्गो पारेर यातनाका दिदै दुव्र्यवहार

  • ३ years अघि
हिपत खबर
बिचार
सपनाको ‘स्वीजरल्याण्ड’ बन्दैछ डोल्पा

रामचन्द्र न्यौपाने

डोल्पा । डोल्पा कर्णाली प्रदेशमा पर्ने एक बिकट अनि पिछडिएको जिल्ला हो। डोल्पालाई कर्णालीको कर्णाली भन्दा पनि खासै फरक नपर्ला। भौगोलिक हिसाबमा नेपालकै ठूलो जिल्ला हो डोल्पा तर नझुक्किनु होला

  • ३ years अघि